काठमाडाैं– ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले ‘विषालु’ पत्रकारिताबाट परिवारलाई जोगाउन राजकीय जिम्मेवारीबाट अलग हुनुपरेको बताएका छन्।
टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्तामा राजकुमार ह्यारीले संयुक्त अधिराज्यको प्रेसका कारण उत्पन्न वातावरणका कारण राजकीय जिम्मेवारी त्याग्नु परेको बताएका हुन्।
‘मेरो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको छ। यस्तो अवस्थामा म कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गर्न सक्दिनँ,’ उनले भने।
गत साता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन राजकीय जिम्मेवारीमा नफर्कने जनाएको थियो।
दोस्रो बच्चाको पर्खाइमा रहेका राजकुमार दम्पति एक वर्षीय पुत्र आर्चीका साथ अमेरिकाको क्यालिफोर्नियामा बसाइ सरिसकेका छन्।
उनीहरूले गत जनावरीमा राजपरिवारको वरिष्ठ सदस्यको हैसियतले निभाउनुपर्ने भूमिका परित्याग गर्ने घोषणा गरेका थिए। त्यो बेला उनीहरूले आफूहरू आर्थिक हिसाबले पनि स्वतन्त्र हुनको लागि कमाइ हुने काम गर्न चाहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।