• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
अब नयाँ दर्ता हुने सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट
64x64
नेपाल लाइभ शुक्रबार, फागुन १४, २०७७  १३:२५
1140x725

काठमाडौं– यातायात व्यवस्था विभागले अब दर्ता हुने नयाँ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न लागेको छ। आगामी दुईसाता भित्र विभागले बागमती प्रदेशमा दर्ता हुने सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न लागेको हो। 

नयाँ सवारी साधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। 

सर्वोच्च अदालतमा मुद्दा परेका कारण २२ महिनाभन्दा बढी समय रोकिएको इम्बोस्ट नम्बर प्लेट जडान कार्या गएको मंसिरदेखि पुनः सुरु भएको थियो। 

सरकारले सवारीसाधनलाई प्रविधिमैत्री बनाउने भन्दै उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेकाे थियाे। सोही अनुसार २०७३ वैशाखमा ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो। तर सम्झौता सकिन ४ महिनामात्र बाँकी हुँदा हालसम्म करिब ६ हजार सवारीमा मात्र जडान गरिएको छ। 

सम्झौता सकिन लागेपनि त्यस विषयमा पुनरावलोकन हुने गरि कुरा भइरहेको विभागले जनाएको छ। विभागले अब दर्ता हुने सबै सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गर्न लागेको विभागका महानिर्देशक हमालले बताए। 

‘नयाँ दर्ता हुने सवारीमा अबको दुई साताभित्र अनिवार्य इम्बोस्ड जडान गरिने छ,’ हमालले भने, ‘सुरुवातमा बागमती प्रदेशमा अनिवार्य गरिने छ। त्यसपनि क्रमिक रुपमा अन्य प्रदेशमा विस्तार गरिनेछ।’ 

इम्बोस्ड नम्बर जडानका लागि सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फारम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा बुझाउनु पर्नेछ।  

यातायात व्यवस्था विभागले टेन्डर गरि इम्बोस्ड नम्बर प्लेट जडान गर्न अमेरिकी र बंगालादेशी कम्पनी डेकाटोर टाइगरसँग सम्झौता गरेको थियो। लगत्तै कम्पनीले आवश्यक तयारी गरि जडान थालेको थियो। तर इम्बोस्ड नम्बरमा अंग्रेजी लिपि राखिएको र देश संघीयतामा गइसक्दा पनि अञ्चलकै आधारमा राखिएको भन्दै विरोध भएको थियो। 

अञ्चलका आधारमा राखिएको नम्बर जडान रोकेर विभागले प्रदेशकै आधारमा जडान सुरु गरेको थियो। विभागले प्रदेशकै आधारमा इम्बोस्ड जडान थालेपछि देवनागरी लिपी नराखेको भन्दै व्यापक बिरोध भएको थियो। विभागले इम्बोस्ड नम्बर प्लेट जडान थालेको केही समयपछि अर्थात् २०७४ फागुनमा जडान रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। 

२०७४ फागुनमा परेको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी मुद्दा सर्वोच्च अदालतले २०७६ मंसिर २७ मा खारेज गरेको थियो। २१ महिनासम्म इम्बोस्ड नम्बर प्लेट जडान अदालतका कारण रोकियो। 

सर्वोच्चले मुद्दा खारेज गरेको केही महिनापछि प्रदेशअनुसार इम्बोस्ड नम्बर प्लेट जडान पुनः सुरु भएको छ। नम्बर प्लेट भने अंग्रेजी अक्षर र अंकमै लेखिएर जडान भइरहेका छन्। तर सरकारले डेकाटोर टाइरसँग गरेको सम्झौता सकिन अब ३ महिनामात्र बाँकी छ। हालसम्म ६ हजार भन्दा केही बढी चारपांग्रे र केही सय दुईपांग्रे सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।

सातै प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडान हुनुपर्ने हो। तर हालसम्म बागमती प्रदेशको काठमाडौंमा रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुना र मोटरसाइकल सतुंगलमा मात्र जडान भइरहेको छ। काठमाडौंका दुई कार्यालयमा पनि इम्बोस्ड जडान गर्न आवेदन दिनेको संख्या ज्यादै न्यून छ। 

पछिल्लो समय कोरोना भाइरसलगायत विपत्तिसमेत आएकाले थप छलफल गरेर सयम थप गर्नका लागि केही सकारात्मक अवस्था सृजना हुने विश्वास विभागले लिएको छ। 

विभागले डेकाटोर टाइगरसँग ४ अर्ब ९९ करोड रुपैयाँमा २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता गरेको थियो। विभागले कम्पनीलाई एकमुस्ट रकम दिने र सरकारले त्यही अनुसार सवारीको वर्ग अनुसार इम्बोस्ड नम्बरको शुल्क तोकेको छ। 

तर अहिले सवारीको संख्या बढेकाले विभागले डेकाटोर टाइगरसँग ३० लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिदिन आग्रह गरेको छ। यस विषयमा हालसम्म कुनै सहमती भने भइनसकेको विभागले जनाएको छ। 

सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई चार तहमा वर्गीकरण गरेको छ। नम्बर प्लेट जडान गर्न मोटरसाइकल/स्कुटरका लागि २५ सय र तीन पांग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ। यसैगरी चारपांग्रे सवारीका लागि ३२ सय र हेभी सवारीको हकमा ३६ सय रुपैयाँ तय भएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको निर्णय
स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको विशाल लक्ष्य
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप
सम्बन्धित सामग्री
साताको पहिलो दिन सेयर बजारमा झिनो अंकले वृद्धि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ अंकले वृद्धि हुँदै रोकिएको हो। सोमबार, जेठ १९, २०८२
सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार, जेठ १९, २०८२
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट... सोमबार, जेठ १९, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको निर्णय सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको विशाल लक्ष्य सोमबार, जेठ १९, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
साइपाल गाउँपालिकाबाट दुई जना बिरामीलाई हेलिकोप्टरबाट सोमबार, जेठ १९, २०८२
गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्