• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस ७, २०८२ Mon, Dec 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जग्गा भोगाधिकारको विषय नटुंगिँदै ८ अर्ब ७७ करोड लागतको नौबस्ता औद्योगिक क्षेत्र शिलान्यास

64x64
नेपाल लाइभ बुधबार, फागुन १२, २०७७  ११:२५
1140x725

काठमाडौं–बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा निर्माण प्रस्ताव गरिएको नौबस्ता औद्योगिक क्षेत्रको मुआब्जा वितरण, जग्गा अधिग्रहण र भोगाधिकारको विषय नटुंगिँदै शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मंगलबार उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। 

५२५ बिगा क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रको ३३८ बिगा जग्गामात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भोगाधिकारभित्र आएको छ। बाँकी जमिनमा अहिले पनि मानव बस्ती र अन्य संरचना छन्। मंगलबार शिलान्यास कार्यक्रममा पुगेका बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले उद्योग मन्त्री भट्टलाई जग्गाको मुआब्जा र भोगाधिकारको विषय नसल्टिँदै शिलान्यास भएको र औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएको स्थानका बासिन्दासँग भएका सम्झौता कार्यान्वयन नभएको बताएका थिए। भोगाधिकार र त्यहाँको बस्ती अन्यत्र सार्ने विषयमा स्थानीयले संघर्ष समिति नै बनाएर विरोध गरिरहेका छन्। 

औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भइसकेको छ। डिपिआरअनुसार औद्यागिक क्षेत्र निर्माणका लागि तोकिएको जमिनभित्र साढे २ सय बढी परिवार बसोबास गरिरहेका छन्। तर, संघर्ष समितिले भने ४ सय परिवार विस्थापित हुनुपर्ने अवस्था रहेको बताउँदै आएको छ। शिलान्यास कार्यक्रममै भोगाधिकारको विषय उठेपछि उद्योगमन्त्री भट्टले यो विषय तत्काल समाधान गर्न निर्देशन दिए। 

Ncell 2
Ncell 2

मन्त्री भट्टलाई यस विषयमा जानकारी गराउँदै नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्रका लागि तोकिएको सबै ठाउँमा मात्र नभई केही ठाउँमा यस्तो समस्या देखिएको बताएका थिए। ‘औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भूभागमा मात्रै समस्या देखिएको हो,’ पुनले भने, ‘औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्बासीको एकिन तथ्यांकका लागि अहिले स्थानीय तहसँग समन्वय गरिरहेका छौं ।’ औद्योगिक क्षेत्र घोषणा भएको चारकिल्लाभित्र परेको घना बस्तीको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भनाइ छ। 

कुल परियोजना लागत ८ अर्ब ७७ करोड रुपैयाँ बराबर अनुमान गरिएको यो औद्योगिक क्षेत्रले २० हजार व्यक्तिका लागि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ। ५ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो परियोजना स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष ग्राह्यता दिने उद्देश्यका साथ निर्माण गर्न लागिएको हो। 

यो औद्योगिक क्षेत्रका लागि बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितामरी चार किल्ला कायम भएको छ। औद्योगिक क्षेत्रभित्र १११ वटा औद्योगिक प्लट रहनेछन् भने एउटा प्लटको आधार ९ देखि ३० रोपनीसम्म रहनेछ। यो यहाँभित्र कृषिमा आधारित उद्योग, वनमा आधारित उद्योग, टेक्सटाइल, मिनरल, केमिकल, फलाम, सिमेन्ट उद्योग, स्टील तथा अन्य धातुसम्बन्धी उद्योग, इँटा उद्योग, चाउचाउ तथा बिस्कुट उद्योग, छाला उद्योग, खाद्य उद्योग, फर्निचर, साबुन उद्योगलगायत उत्पादनमा आधारित उद्योग स्थापना गरिनेछ। 

औद्योगिक क्षेत्र निर्माणसँगै त्यहाँभित्र उद्योग संचालन गर्न चाहनेका लागि प्रस्ताव आह्वान गर्ने तयारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छ। लिमिटेड अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार १ महिनाभित्रै उद्योग संचालनको आशयपत्र माग गरिनेछ। यसअघि प्रारम्भिक चरणमा गरिएको आशयपत्र मागअनुसार ३ सय बढी उद्योगले चासो देखाएका छन्।
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न काँग्रेसको आग्रह
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत
एमसीए नेपालद्वारा साढे ३ अर्बको ठेक्का सम्झौतामा हस्ताक्षर
सम्बन्धित सामग्री
सुनको मूल्यमा नयाँ रेकर्ड नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासं... सोमबार, पुस ७, २०८२
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको... आइतबार, पुस ६, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न काँग्रेसको आग्रह सोमबार, पुस ७, २०८२
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत सोमबार, पुस ७, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बको ठेक्का सम्झौतामा हस्ताक्षर सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
देशभर थपिए १० लाख बढी मतदाता सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्