काठमाडौं– गत चैतमा सुन्धाराको होटलबाट करिब ४५ लाख रुपैयाँ बराबरको सुन र ११ लाख रुपैयाँ नगद डकैती गर्ने एक अभियुक्त पक्राउ परेका छन्। सुर्खेतको भेरी गंगा घर भइृ नयाँबानेश्वर बस्ने प्रविण गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
चैत २३ गते गिरी सहितका व्यक्तिहरुले सुन्धारको होटल मेजेष्टीबाट वीरगंजका मुन्ना कुमार सोनारको सुन खुकुरी देखाई डकैती गरेका थिए।
८ सय ८३, १ ग्राम सुन, ११ लाख नगद र दुई वटा मोबाइल ७ जनाको समूहले डकैती गरेको थियो। लुटिएको सुन सबै सिक्रिहरु भएको प्रहरीले जनाएको छ।
डकैतीमा संलग्नमध्ये गिरी मंगलबार भिमसेनगोलाबाट पक्राउ परेका हुन्। अन्य अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ।
लुटपाट भएको सुनको स्रोत पनि शंकास्पद भएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।