काठमाडौं– निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संसद पुनर्स्थापनलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिएको बताएका छन।
गोल्छाले राजनीतिक घटनाक्रम जे विकास भएपनि व्यवसायीलाई काम गर्ने वातावरणमा सहजता हुने पर्ने बताए।
‘राजनीतिक परिर्वतनले औद्योगिक व्यवसायमा कुनै परिर्वतन हुन हुँदैन,’ उनले भने, ‘औद्योगिक तथा व्यापार व्यवसाय निरन्तर चलिरहनु पर्छ।’
पुस ५ गते प्रधानमन्त्री केपी ओली शर्माले संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेको थियो। प्रधानमन्त्रीको संसद विघटन पछि व्यवसायीले राजनीति घटना क्रमका कारण उद्योग व्यवसायमा समस्या आउने सक्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी गरेको थिए।
व्यवसायीले तत्कालिन समयमा पनि संसद विघटनको विषय भन्दा पनि व्यापार व्यवसायकै विषयलाई सहजता हुन पर्ने बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।