धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।
औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने बताए। ५ वर्षभित्र ९ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण हुने बताइएको छ।
औद्योगिक क्षेत्रका लागि वेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भएपनि हाल ४ सय बिघामा मात्र भौतिक संरचना बनाने तयारी गरिएको छ।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह अधिकारीले औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव अगाडि सारेको भएपनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन।
५ वर्षअघि सरकारले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।