काठामाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले साउन १ देखि श्रमिकको तलबमा वृद्धि गरिने बताएका छन्। युवा संघ नेपालको २८औं स्थापना दिवसमा बोल्दै विष्टले सम्मानजनक पारिश्रमिक बैंक मार्फत प्राप्त हुने गरि व्यवस्था मिलाउन सरकार अघि बढेको जानकारी गराए।
वैदेशिक रोजगारीको क्रममा ९९ प्रतिशत युवाहरु अदक्ष कामदारका रूपमा विदेशिने गरेको उनले औँल्याए। मन्त्री विष्टले विदेशिने युवाहरुलाई दक्ष बनाई पठाउने र देशभर व्यापक रूपमा रोजगार सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।