काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको आज भने बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ८८ हजार २ सय र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ घटेर१ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।