• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोरियामा घट्यो हुन्डी कारोबार, रेमिट्यान्स कम्पनीबीच बढ्दो प्रतिस्पर्धा

64x64
नेपाल लाइभ मंगलबार, जेठ १, २०७५  ०९:३५
1140x725

काठमाडौं– दक्षिण कोरियाबाट गत वर्षहरुको तुलनामा वैधानिक बाटोबाट रकम भित्रिने क्रम बढेको छ। कमाइको अधिकांश रकम हुन्डी मार्फत नेपाल भित्रिने गरेकोमा पछिल्लो समय भने बैंकिङ प्रणालीबाट विप्रेषणको मात्रामा वृद्धि आएको छ। 

बैंकिङ प्रणालीबाट रकम नेपाल पठाउँदा दोहोरो सेवा शुल्कका कारण कामदारहरु हुन्डीतर्फ आर्कषित भएका थिए। हुन्डी सञ्चालकहरुले बैंकको दरभन्दा नेपाली रुपैयाँको विनिमय दर बढी दिने हुनाले पनि युवाहरुले अवैध माध्यमबाट रकम पठाइरहेका थिए। वैधानिक माध्यमबाट विप्रेषण गर्दा २ हजारदेखि ५ हजार रुपैयाँको फरक पर्ने भएकाले कामदारहरुले हुन्डीको बाटो रोजेका हुन्। 
दक्षिण कोरिया सरकारले विप्रेषण कार्यका लागि दुई देशका बैंकको अन्तरआबद्धता हुनुपर्ने वाध्यकारी प्रावधान हटाएपछि रेमिट्यान्स कम्पनीहरुको प्रवेश भएको छ। 

सन् २०१७ को मध्यबाट कोरिया सरकारले रेमिट्यान्स कम्पनीहरुलाई कारोबार स्वीकृति दिएको थियो। कोरिया सरकारको निर्णयसँगै नेपाली रेमिट्यान्स कम्पनीहरुले आफ्नो पहुँच कोरियामा विस्तार गरेका छन्। दुई देशका बैंकको अन्तरआबद्धताका साथै रेमिट्यान्स कम्पनीहरुको बढ्दो प्रवेशले कामदारलाई थप सहज भएको छ। 

दक्षिण कोरियाबाट वार्षिक ४४ अर्बको रेमिट्यान्स भित्रिने गरेको बताइएको छ। विगतका वर्षमा युवाहरुको कमाइको ९० प्रतिशतभन्दा बढी हिस्सा हुन्डी मार्फत भित्रिने गरेको थियो। 

अहिले भने रेमिट्यान्स कम्पनीहरुको बढ्दो प्रवेशले प्रतिस्पर्धा बढेको छ। रेमिट्यान्स कम्पनीको वृद्धिले नेपाली रुपैयाँको विनिमयदर बढ्न पुगेको छ। कोरियाको हानपास रेमिट कम्पनीसँग नेपालको इजिलिंक रेमिट्यान्स र सनराइराज बैंकले विप्रेषण कारोवार गर्ने गरी सम्झौता गरेका छन्। हानपासले मोबाइल एप मार्फत सिधैं नेपालको खातामा पैसा स्थानान्तरण हुने गरी रेमिट्यान्स कारोबार गरिरहेको छ। कोरियाका तीन सहरमा नेपाली युवालाई सेवा दिने गरी कार्यालय सञ्चालन गरिरहेको हानपास रेमिट्यान्सका बजार प्रबन्धक केपी चौलागाईंले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

हिमालयन बैंक र कोरियास्थित क्युएस रेमिटले तीन महिना अघिदेखि विप्रेषणका लागि सहकार्य सुरु गरेका थिए। नेपाली कामदारको बैंक खाता कोरियाबाट नै खोलिदिने गरिएको क्युएस रेमिटका नेपाल निर्देशक अशोक मैनालीले बताए। क्युएस रेमिट मार्फत मासिक ५० करोडभन्दा बढी विप्रेषण प्रवाह भएको मैनालीले बताए। ‘क्युएस रेमिटले कोरियामा जम्मा गरेको रकम सिधैं हिमालय बैंकको खातामा जम्मा हुने व्यवस्था गरेको छ,’ मैनालीले भने, ‘कोरियाबाट ४ हजारभन्दा बढीले हिमालय बैंकमा खाता सञ्चालनमा ल्याएका छन्।’ 

यस्तै, हानपास मार्फत दैनिक ५ सयभन्दा बढी युवाले नेपाल पैसा पठाइरहको चौलागाईं बताउँछन्। उनले भने, ‘हानपासको एप मार्फत युवाले परिवर्तित विनिमयदर छिनछिनमा बुझ्न पनि पाएका छन्।’ 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले कोरियामा पछिल्लो समय तीव्र रुपमा बजार विस्तार गरिरहेको छ। सिटी एक्सप्रेसले कोरियाको रेमिट्यान्स कम्पनी एसबिआई कसमनीसँग रेमिट्यान्स कारोबारको साझेदारी गरेको छ। मोबाइल एप मार्फत नेपालका जुनसुकै बैंकमा सिधै पैसा ट्रान्सफर गर्ने सुविधा उपलब्ध गराएको कसमनीका नेपाल मार्केटिङ प्रमुख सरोज खड्काले बताए। 

Xtrem
Xtrem

यसैगरी, बिटुबी (बैंक टु बैंक) सहकार्य गरेको ग्लोबल बैंकले कोरियाको रेमिट्यान्स कम्पनी जिएमईसँग सम्झौता गरेको छ। रेमिट्यान्स कम्पनी मार्फत सुरुमा आक्रामक बजार विस्तार गरेको जिएमईलाई पछिल्लो समयमा भने अन्य रेमिट्यान्स कम्पनीसँग कडा प्रतिस्पर्धा गरिरहनु परेको छ । बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्राउन लामो सयमदेखि नबिल बैंकले कोरियाको केइवी हानासँग सहकार्य गरिरहेको छ। कामदारको संख्या वृद्धिसँगै बैकिङ प्रणाली मार्फत रकम पठाउनेको संख्या बढेको रेमिट्यान्स विभागमा कार्यरत विदुर निङ्लेखु लिम्बुले जानकारी गराए। 

नेपालका लागि कोरियाली रेमिट्यान्स कम्पनीले विशेष ध्यान दिएको एसबिआई कसमनीका खड्का बताउँछन्। हानपास, क्युएस रेमिट, एसबिआई कसमनी, जिएमई रेमिट लगायतका रेमिट्यान्स कम्पनीबीच प्रतिस्पर्धा बढेको छ। ती कम्पनीले सामाजिक सञ्जाल मार्फत रेमिट्यान्स विनिमयदर कामदारलाई जानकारी गराइरहेका छन्। 

रेमिट्यान्स कम्पनीहरुले इजाजत प्राप्त गरेसँगै कोरियाबाट बैकिङ प्रणालीबाट रकम भित्रने क्रम बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तै, युवालाई वैधानिक बाटोबाट रकम पठाउन उत्प्रेरित गरिरहेको इपिएस कार्यालयका अधिकृत शोभाखर भण्डारीले बताए। गत वर्ष कार्यालयले वैधानिक बाटोबाट रकम पठाएका युवाले मात्रै पुनः कोरिया जान पाउने सूचना जारी गरेको थियो। 

दक्षिण कोरियामा सन् २०१८ को लागि १६ दशमलब ४ प्रतिशतले ज्याला वृद्धि गरी प्रतिघन्टा ७ हजार ५ सय ३० वन बनाइएको छ। कामदारको न्यूनतम पारिश्रमिक प्रतिमहिना १५ लाख ७३ हजार ७ सय ७० वन छ। नेपालबाट रोजगार अनुमति प्रणालीबाट कोरिया गएका कामदारको संख्या ३५ हजार नाघेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता बुधबार, असोज १४, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्