• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कान पाक्ने समस्या र उपचार

डा पविना रायमाझी राणा शनिबार, फागुन ८, २०७७  ०८:४४
1140x725

कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।

विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि बहिरोपनको प्रमुख कारण कानको संक्रमण (कान पाक्ने) हो, जुन हरेक उमेरका मानिसमा देखिएको छ। कान पाक्ने रोग मुख्य गरी कानको बाहिरी वा मध्यकानको संक्रमणले हुने गर्छ। बाहिरी कानको संक्रमणलाई ओटाइटिस एक्सटर्ना र मध्यकानको संक्रमणलाई ओटाइटिस मेडिया भनिन्छ। 

बाहिरी कानको संक्रमण
यो समस्या बाहिरी कानको नलीमा संक्रमण भएर हुने गर्छ जसमा नलीको कुनै सीमित भागमा या पूरै नलीको भागमा संक्रमण हुनसक्छ। यसका अलावा कानमा ढुसीको संक्रमणको कारणले पनि बाहिरी कानको संक्रमण हुनसक्छ। जथाभावी कान कोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ हाल्ने, फोहोर पानीमा नुहाउने वा पौडी खेल्ने र बढी आद्र्रता भएको स्थानमा बसोबास गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ। 

लक्षणहरु र चिह्नहरुः यस रोगका लक्षणहरुमा कान दुख्नु, कानबाट पिप बग्नु, थोरै मात्रामा सुनाइ कम हुनु, कानको प्वाल वरिवरी सुन्निनु वा रातो हुनु, कान चिलाउनु वा डम्म हुनु आदि हुन्। त्यसैगरी चिकित्सकबाट जाँच गर्दा बाहिरी कानको नली रातो देखिने, कानमा ढुसी पलाएको देखिने र कानको अगाडिको कुरकुरे हड्डी थिच्दा या कान चलाउँदा दुख्ने गर्छ।

रोकथाम र उपचारः बाहिरी कानको समस्याको रोकथामको लागि कान जथाभावी नकोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने, फोहोर पानीमा ननुहाउने वा पौडी नखेल्ने गर्नुपर्छ। त्यसैगरी बाहिरी कानको समस्या देख्ने बित्तिकै प्रायः नाक, कान तथा घाँटी विशेषज्ञ चिकित्सकको सल्लाहमा औषधि सेवन तथा कानमा थोपा औषधि हालेर निको पार्न सकिन्छ।

बाहिरी कानको समस्या प्रायःजसो माथि वर्णन गरेजस्तै हुन्छ। तर कहिलेकाहीँ यो समस्याले गम्भीर रुप लिँदै मुखको नशा, टाउको आदिमा फैलिएर ज्यानलाई खतरा हुने रुप पनि लिन सक्छ र यो समस्या ज्यादै थोरै मात्रामा देखिन्छ। विशेषगरी चिनी रोग, अरु दीर्घरोगी, रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिहरुमा देखिन सक्छ। यस्तो बेला कान ज्यादै दुख्ने, पिप बग्ने, कानमा मासु पलाउने, मुख बांगिने, बान्ता हुने वा टाउको ज्यादै दुख्छ। यस्तो अवस्थामा तुरुन्त विशेषज्ञ चिकित्सकको सम्पर्कमा अस्पताल भर्ना भई औषधि या शल्यक्रियाबाट यसको उपचार गर्नुपर्छ।

मध्यकानको संक्रमण
मध्यकानको संक्रमणलाई छोटो र लामो समयको गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ। यदि कुनै व्यक्तिको कानबाट १५ दिन वा सोभन्दा कम समय पिप आउँछ भने यसलाई छोटो समयको लागि हुने मध्य कानको संक्रमण (एक्युट ओटाइटिस मेडियारएक्युट सुपरयाक्टिभ ओटाइटिस मेडिया) भनिन्छ। यो साधारणतयाः रुघा खोकी लागेपछि प्रायः जसो बच्चामा हुने गर्छ। 

लक्षण र चिह्नहरुः यस संक्रमणको मुख्य लक्षण कान दुख्ने, ज्वरो आउने (विशेषगरी बच्चामा), सुनाइ कम हुने र पिप बग्ने (जालीमा प्वाल परेर) हुन्। त्यसैगरी चिकित्सकले जाँच गर्दा कानको जाली रातो भई सुन्निएको र कानको जालीमा प्वाल परेको देखिन्छ। समयमा नै उपचार नभएमा कहिलेकाहीँ संक्रमण फैलिएर मुख बांगिने, बान्ता हुने, टाउको दुख्ने या कानको पछाडि भागमा पिप जमेर सुन्निन पनि सक्छ। यस प्रकारको समस्या भएमा चिकित्सकको सल्लाह अनुसार औषधि लिएमा वा औषधिले निको नभए शल्यक्रिया गर्नुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी तीन महिना वा सोभन्दा बढी समयदेखि कान पाक्ने समस्या हुन्छ र यसलाई मध्य कानको लामो समयको संक्रमण भनिन्छ। लामो समयको संक्रमण पनि दुई प्रकारको हुन्छ। पहिलो, साधारण मध्य कानको संक्रमण, जसमा नगन्हाउने पिप धेरै बग्ने र बेलाबेलामा निको हुँदै फेरि दोहोरिने गर्छ। यस प्रकारको संक्रमणमा मध्य कानको जालीमा प्वाल पर्ने र सुनाइ कम हुने गर्छ। यो समस्याको उपचारको लागि सर्वप्रथम पिप सुकाउन औषधिको प्रयोग गरी पिप आउन रोकेपछि जाली पुर्नको लागि शल्यक्रिया गरिन्छ। यस शल्यक्रियालाई माइरिङ्गोप्लास्टी  भनिन्छ। यो शल्यक्रियाको उद्देश्य कानबाट पिप आउन बन्द गर्नु र सुन्न सक्ने शक्तिलाई राम्रो पार्नु हो।

दोस्रो, जटिल प्रकारको मध्य कानको संक्रमण, जसमा गन्हाउने, थोरै पिप बग्ने र कहिलेकाहीँ रगत मिसिएको पिप समेत बग्ने गर्छ। यसमा मध्य कान तथा मध्य कानको हड्डीमा जटिल समस्या देखिन्छ। यो संक्रमण मध्य कानमा मात्र सीमित रहेमा पिप बग्ने र सुनाइ कम हुने गर्छ भने समस्या जटिल हुँदै गएमा संक्रमण कानको वरिपरि फैलिएर जानसक्छ।

जसमा रिंगटा लाग्ने, मुख बाङ्गो हुने, कानको पछाडि सुन्निने, भित्री कानमा संक्रमण फैलने र दिमागमा पिप जम्ने जस्ता जटिल समस्या हुनसक्छ। मध्य कानको जटिल समस्याको उपचार शीघ्र शल्यक्रियाबाट मात्र सम्भव छ, जसलाई मोडिफाइड ¥योडिकल माइस्टोडेक्टोमी (एमआरएम) भनिन्छ। यो शल्यक्रियाको मुख्य उद्देश्य कानको संक्रमण अन्यत्र फैलनबाट रोक्नु हो।

रोकथाम र उपचार : मध्य कानको कान पाक्ने रोगको रोकथामका लागि कान जथाभावी नकोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने, विशेषगरी बच्चामा बेलाबेलामा रुघाखोकी लागेमा सतर्कता अपनाउने, आमाले बच्चालाई सुताएर स्तनपान नगराउने, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिने, कानबाट पिप बगिरहने व्यक्तिले नुहाउँदा कपासमा भ्यासलिन मल्हम वा खाने तेल हाली निचोरेको कपासले कान बन्द गरी स्नान गर्ने, नाक, कान तथा घाँटी विशेषज्ञको परामर्शमा मात्र कानमा औषधि प्रयोग गर्ने र समस्या हुनासाथ विशेषज्ञ चिकित्सकको परामर्श लिने गर्नुपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानव शरीरको इन्द्रीयहरुमध्येको एक महत्वपूर्ण इन्द्रीय कानको उचित स्याहार गरी संक्रमण हुनबाट बचाउनु र संक्रमण हुन गएमा नाक, कान तथा घाँटी विशेषज्ञ चिकित्सकको सल्लाह लिई समयमा उपचार गर्नुपर्छ।

(डा राणा नाक, कान तथा घाँटी विशेषज्ञ हुन्।)

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्