काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ।
बिहीबार नेपाली बजारमा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ८८ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।