काठमाडौं- अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त गरेको हो।
माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवा भएपछि महानिर्देशक रिक्त थियो।
सामान्यतया आन्तरिक राजस्व विभागमा नेतृत्व खाली भएको एक/दुई दिनमा नै नयाँ महानिर्देशक पठाएर काम नियमित गर्ने गरिएको भए पनि यसपटक ढिला गरिएको छ।
विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिँदा तत्कालीन् उपमहानिर्देशक चन्द्रकला पौडेललाई दुई महिनासम्म निमित्तको जिम्मेवारी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।