काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ८९ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यसतै,चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १३ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।