काठमाडौं– भारतीय सांसद कृति आजादले शुक्रबार गरेको ट्विटको नेविसंघले विरोध गरेको छ। संघले ट्विटको विरोधमा त्रीचन्द्र क्याम्पस अगाडि धर्ना र जुलुस प्रदर्शन गरेको छ।
बिहान ९ बजेदेखि गरिएको विरोध प्रदर्शन कोणसभा गर्दै सकिएको केन्द्रीय सदस्य शुशिल भट्टले जानकारी दिए। नेविसंघको विरोध कार्यक्रमले रत्नपार्क आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो।
भाजपा सांसद कीर्ति आजादले शुक्रबार ट्विटमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणसँग जोडेर, जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।