• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चोटले हराएका रविन

64x64
सराेज तामाङ बिहीबार, फागुन ६, २०७७  ०७:००
1140x725

काठमाडौं- एक समय नेपाली फुटबलमा उचाइ लिइसकेको नाम हो, रविन श्रेष्ठ। चोटका कारण मैदानबाट बाहिर रहेका उनले फर्कने पर्खाइमा नै लामो समय बिताइसके। उनको आखाँअघि अहिले पोखरामा अभ्यास गरिरहेको राष्ट्रिय टिमको झझल्को छ। त्यसभन्दा बढी टिमका साथीहरुको। तर, चोटले उनलाई यसरी फुर्सदिलो बनाइदियो, रोकिएको प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरे, काठमाडौंमा घर बनाउन भ्याए।

सानो कदका रविन विपक्षी टोलीका स्ट्राइकरलाई मुस्किल पार्ने खेलाडी हुन्। उमेर समूहदेखि राष्ट्रिय टिमसम्म उत्कृष्ट प्रदर्शन गरेका उनको नाम पछिल्लो समय हराइरहेको छ। उत्कृष्ट प्रदर्शन गर्दागर्दै चोटको शिकार बनेका रविन करिब चार वर्ष जति नै राष्ट्रिय टिम बाहिर छन्। २०७३ को चैतमा एशियन कप छनोटको दोस्रो चरणमा फिलिपिन्सविरुद्ध खेल्दै गर्दा उनले चोट बोकेका थिए।

खेलको अन्त्यतिर ‘एयर बल’ लाई नियन्त्रण गर्ने क्रममा दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। तत्काल उनलाई निकाल्दै उनको स्थानमा विराज महर्जनलाई मैदानमा प्रवेश गराइएको थियो। त्यो दुर्घटना नै रविनका लागि करियरकै दुःखद बन्यो। जसपछि पुरानै लयमा फर्किन उनी अझै पनि ठूलो संघर्ष गरिरहेका छन्।

उत्साहित खेल
उनलाई सानोदेखि नै फुटबल खेल्ने रहर थियो। हुन त उनी स्कुलमा हुँदा सबै खेलहरु खेल्थे। तर, यसमध्ये पनि बढी त फुटबल नै। महोत्तरी जिल्लामा बाल्यकालमा फुटबल खेल्दा राष्ट्रिय टिमबाट खेल्छु भन्ने कल्पना पनि थिएन उनमा। कति पटक साथीको लहलहैमा लागेर खेले त कति पटक आफ्नै रुचिमा। तर, सोच मनोरञ्जनबाहेक अर्को थिएन।

८–१० वर्षको उमेरमा जिल्ला प्रहरी कार्यालयको चौरमा रविन गाउँका साथीहरूसँग फुटबल खेल्थे। बाबु तौलेश्वरप्रसाद श्रेष्ठ र आमा जानदेवी गौतम श्रेष्ठको कोखबाट जन्मिएका रविन कुनै स्टार खेलाडीको सिको गर्दै फुटबल खेलेका होइनन्। न त राम्रो खेल्ने कुनै वातावरण नै भएर। खेल्दा खेल्दै, बल छुँदा छुँदै खेल्ने रहर जाग्यो। गाउँ, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय जगतमा प्रतिभा देखाउने भावनाहरु सिर्जना भए।

दिनहरू बित्दै जाँदा रविनको खेल पनि उमेरसँगै निखारिँदै थियो। स्थानीय चौरमा फुटबल खेल्ने रविनलाई उनका काकाले जलेश्वरको ‘ए’ टिमबाट खेल्नका लागि आग्रह गरे। त्यहीँबाट खेल्न थालेपछि उनको फुटबलप्रतिको मोह बिस्तारै बढ्दै गयो। प्रदर्शन पनि निखारिँदै।

सानै उमेर भए पनि स्थानीय प्रतियोगिता हुँदा जलेश्वर ‘ए’ टिमबाट उनले १०–१२ मिनेट फुटबल खेल्न पाउँथे। ‘टिममा ठूला दाइहरू भएका कारण परिवर्तित खेलाडीमैं हुन्थें’  रविन सम्झन्छन्। जिल्लाबाटै नेपालगञ्जमा भएको खुकुरी कप समेत खेलेको सम्झना रविनसँग छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्ट्राइकरदेखि डिफेन्डरसम्म
२०६० सालमा जिविस कप भएको थियो। जिविस कपलाई एएफसी यु–१४ फुटबल फेस्टिभलका लागि खेलाडी छनोटका रूपमा पनि लिइएको थियो। सानो गौचरणमा सम्पन्न यु–१४ जिविस कपमा कप्तानको भूमिका निर्वाह गर्दै रविनले महोत्तरी जिल्लाको प्रतिनिधित्व गरेका थिए। कप्तान रविनले जिविस कपमा राम्रो प्रदर्शन गरेपछि एन्फाले उनलाई एएफसी यु–१४ फुटबल फेस्टिभलका लागि बोलायो।

२००४ सालमा भएको फेस्टिभलमा नेपाल पहिलो भएको थियो। फेस्टिबलमा रविनले उत्कृष्ट प्रदर्शन गरे। तुर्कमेनिस्तान, पाकिस्तान, भारत, उज्वेकिस्तान र भुटानविरुद्ध राम्रो प्रदर्शन गरेपछि एन्फाले उनलाई एन्फा एकेडेमीमा भर्ना हुन बोलायो।

एन्फा एकेडेमीमा आफ्नो खेल कौशल निखार्दै गरेका रविनले उमेर समूहमा थुप्रै प्रतियोगिता खेले। त्यतिबेला एन्फाका यु–१४ टिमलाई सुनिल श्रेष्ठ र डिकेन सुवालले प्रशिक्षण दिने गर्थे।

यु–१७ मा आइपुग्दा त्यतिबेला प्रशिक्षक थिए, राजुकाजी शाक्य। यु–१७ एशिया कप छनोट नजिकिँदै थियो। नेपालमै हुने छनोट खेलका लागि नेपाली यु–१७ टिम तयारीमा जुटिरहेको थियो। एशिया कपमा छनोट भएरै छोड्ने नेपालको अठोट थियो। त्यसैअनुसारको प्रशिक्षण थियो। टिममा एक भरपर्दा सदस्य थिए रविन। छनोट खेलमा रविनको प्रदर्शन निकै उत्कृष्ट थियो। 

कीर्गिस्तान र उज्वेकिस्तानसँगै घरेलु टोली नेपाल एउटै समूहमा थियो। पहिलो खेलमा कीर्गिस्तानलाई २–१ ले पराजित गरेको नेपालले दोस्रो खेलमा भने उज्वेकिस्तानलाई २–० ले पराजित गर्दै २००६ मा सिंगापुरमा भएको एशिया कपमा छनोट भयो। त्यतिबेला नेपाली यु–१७ टिममा भरत खवास, विराज महर्जन, रन्जित श्रेष्ठ, दीपक भूसाल, रोशन कार्की, चेतन घिमिरे, विकास सिंह क्षेत्रीलगायतका खेलाडी रविनका साथी थिए। सिंगापुरमा सम्पन्न यु–१७ एशिया कपमा जापान, उत्तर कोरियासँग पराजित भएको थियो। आयोजकसँग भने नेपालले बराबरी खेल्यो।

उनले यु–१७ एशिया कप छनोटदेखि डिफेन्सबाट खेल्न थाले। त्योभन्दा अघि उनी स्ट्राइकरको भूमिकामा मैदानमा देखा पर्थे। तत्कालीन प्रशिक्षक शाक्यले डिफेन्समा राम्रो भएको भन्दै डिफेन्डरको भूमिकातर्फ प्रेरित गराए। उमेर समूहमा फरवार्डबाट खेलेका रविनमा अझै पनि त्यो गुण देखिन्छ। डिफेन्सबाट खेले पनि आक्रमक रुपमा विपक्षीको पोष्टमा उनी प्रस्तुत हुन्छन्।

तर, उनी फरवार्डमा भन्दा डिफेन्समा खेल्न पाउँदा खुसी छन्। भन्छन्, ‘आफ्नो पोजिसन परिवर्तन गरेकोमा अहिले ठीक गरेजस्तो लाग्छ। किनभने मेरो शरीरले पनि मलाई फरवार्डको भूमिका निर्वाह गर्न त्यति साथ दिन्थेन होला।’

क्लब यात्रा
पुलिसका स्थायी जागिरे रविन भरखरै चितवनमा असईको तालिम सकेर विदामा छन्। ४८ दिनको अनिवार्य लिनै पर्ने तालिम उनले पूरा गरेका हुन्।
उनी भन्छन्, ‘क्लबको अभ्यास भइरहेको छ। तालिमबाट फर्किने वित्तिकै मैले अभ्यास गरेँ। तालिमले गर्दा फ्रेस हुन पाएको छैन। त्यसैले केहीदिनको बिदामा छु।’

रविन नेपाल पुलिस क्लबमा आबद्ध भएको १४ वर्ष भयो। उनले आफ्नो खेल करिअरमा नेपाल पुलिसबाट नै खेलिरहेका छन्। सुरुवाती केही समयमा संकटा क्लबबाट पनि फुटबल खेलेको उनमा सम्झना छ।

२०६३ सालमा रविन संकटा क्लबमा आबद्ध भए। अखिल नेपाल फुटबल संघ (एन्फा) र संकटा क्लब बीच भएको सम्झौताअनुसार नै एन्फा एकेडेमीबाट उत्पादित खेलाडीहरू क्लबमा आबद्ध भएका थिए।

शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबबाट पहिलो पटक मैदानमा छिरेका रविनको खेलबाट सबै अचम्म परे। सानो कदका भए पनि छरिता उनीप्रति अन्य क्लबको आँखा परिसकेको थियो। त्यो बेला रविनले ए डिभिजन लिगमा डेब्यु गर्दा लिग भने विभागीय टिम पुलिसले जित्यो। त्यतिबेला घरेलु फुटबलमा पुलिसको एकछत्र राज थियो। अधिकांश प्रतियोगिताको उपाधि पुलिसकै पोल्टामा जाने गर्थ्यो। संकटामा आबद्ध भएको त्यही वर्षको अन्त्यतिर रविन लिग च्याम्पियन पुलिसमा अनुबन्धित भए।

उनले नेपाल पुलिस क्लबलाई थुप्रै प्रतियोगिताको उपाधि जिताएका छन्। यो लामो अवधिमा उनले आहा गोल्डकप, शहीद स्मारक ए डिभिजन लिग, बूढासुब्बा गोल्डकप, मनकामना गोल्डकप, शहीद गोल्डकप लगायतका प्रतियोगिताको उपाधि पुलिसलाई दिलाएका छन्।

रविनकै कप्तानीमा रहेको नेपाल पुलिस क्लबले झिलझिलेमा सताछी गोल्डकपको उपाधि जितेको थियो। ब्रिटिस गोर्खा कपलगायत प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई जिताएका रविन अझै क्लबका लागि केही गर्नुछ भन्छन्।

‘र्‍याम्बो’ को डेब्यु
अञ्जानमा खेल्दा फुटबलमा रविनको न सपना थियो, न केही आशा। रमाइलोका लागि खेलेका रविन जब फुटबल बुझ्दै गए यसभित्र गहिरिएर सोचे। उमेर समूह हुँदै उनको इच्छाहरुले राष्ट्रिय टिमको ढोका ढक्ढक्याउँदै थियो। उनका बुटले अन्तर्राष्ट्रिय एरिना टेक्ने मौका कुर्दै थियो।

सन् २००८ मा भारतको हैदरावादमा सम्पन्न एएफसी च्यालेन्स कपको फाइनल राउण्डबाट रविनले राष्ट्रिय टिममा डेब्यु गरे। उत्तर कोरियाविरुद्धको खेलमा रविनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। डेब्यु खेललाई सम्झिँदै रविन भन्छन्, ‘अञ्जन केसी दाइको ठाउँमा मलाई टिममा राख्नुभएको थियो। राति नै मलाई प्रशिक्षकले ‘भोलि तिमी उत्तर कोरियासँग खेल्दैछौ’ भन्नु भएको थियो। मलाई एकदमै उत्सुकताका साथै डर पनि थियो।’

त्यो खेलमा रविनले पूरै समय खेलेका थिए। टिममा सबैभन्दा कान्छा खेलाडी पनि उनै थिए। जुनियर भए पनि निडरताका साथ उनले खेलेका थिए। १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका रविन अहिले ३० वर्षका भए। २०१० देखि नेपाली टिममा निरन्तर पर्दै आएका रविन २०१७ पछि भने टिम बाहिर छन्। उनको लागि यो टिम बाहिरको अवधि करियरकै नरमाइलो क्षण हो।

फुटबलमै जीवन समर्पित गरेका रविन त्यतिबेला खुसी लाग्ने गरेको बताउँछन्, जब उनी राष्ट्रिय टिमबाट खेलिरहेका हुन्छन्। २०१३ मा नेपालमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतलाई हराउँदा निकालेको सुन्दर पास अझै पनि उनको आँखाअघि आइरहन्छ। ‘मेरो आफ्नै डिबक्सदेखि कुदेर सेन्टरमा बल पाएको थिएँ। निकै अगाडि बढेर पास जुमानु राईलाई दिएँ। जुमानुले गोल गरेपछि नेपालले भारतमाथि २–० ले अग्रता बनाएको थियो।’

त्यो समूह चरणको खेलमा नेपालले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तानसँग १–० गोलले हार्दै बाहिरिएको थियो।

नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरथोर उपलब्धिहरु पनि पाएको छ। ती उपलब्धिका हिस्सेदारमध्येका एक रविन पनि हुन्। बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधि नेपालले उचाल्दा रविनले राम्रो प्रदर्शन गरेका थिए। उनको अविस्मरणीय क्षण भनेकै त्यही उपाधि जित्दा थियो। ‘बंगबन्धु र सोलिडारिटी कप देशमा भित्र्याउन पाउनु मेरा लागि एकदमै अविस्मरणीय क्षण थियो’, उनी भन्छन्।

२०७० साल वैशाख ११ गते मनिषा श्रेष्ठसँग लगनगाँठोमा बाँधिएका रविनको एउटा सपना भने पूरा भएको छ। काठमाडौंमा एउटा घर बनाएरै छाड्ने लक्ष्य लिएका रविनले केही समयअघि मात्रै नैकापमा घर बनाएका छन्। रविन भन्छन्, ‘काठमाडौंमा घर बनाउने सपना थियो। त्यो पूरा भएको छ। नैकापको फुटबल मैदानभन्दा अलिक तल घर बनाएको छु।’

राष्ट्रिय टिमबाट खोजी
राम्राको सधैं खोजी हुन्छ। त्यही भएर त लामो समयपछि पनि राष्ट्रिय टिममा रविनको बेलाबखत खोजी हुन्छ। अहिले पोखरामा राष्ट्रिय टिमले अभ्यास गरिरहेको छ। करिब एक महिना काठमाडौंको अभ्यासपछि नेपाली फुटबल टिम विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनको लागि लक्षित गरेर पोखरामा अभ्यास गरिरहेको हो।

बन्द प्रशिक्षणअघि ५८ सदस्यीय खेलाडी छनोट हुँदा रविनको पनि खोजी भएको थियो। तर, उनी असईको तालिममा व्यस्त थिए। रविन भन्छन्, ‘राष्ट्रिय टिमबाट मलाई खोजी गरिएको पनि थियो। तर, त्यो समयमा म तालिममा भएको कारण उपलब्ध हुन सकिनँ। तालिम मैले लिनै पर्ने थियो।’

त्यसो त रविन अहिले पूर्ण रुपमा ठीक भइसकेका छन्। चोटमुक्त भएका रविन थप्छन्, ‘तालिमको कारण यो दुई महिना फुटबलबाट टाढा भएँ। अभ्यास गर्न पाइनँ। तर, फेरि पुरानै लयमा फर्किहालिन्छ। फिटनेसको समस्या पनि हुने होइन। फुटबलमा भिज्न मात्रै गाह्रो हो।’

राष्ट्रिय टिममा पुनरागमन गर्दै फेरि अन्तर्राष्ट्रिय खेल खेल्ने उनको लक्ष्य छ। उनीसँगैका भरत, विराज अझै खेलिरहेका छन्। रविन पनि अझै खेल्ने बताउँछन्। ‘लक्ष्य त राष्ट्रिय टिमबाट फेरि खेल्छु भन्ने नै हो। उमेर र स्वास्थ्यले धेरै लामो समय राष्ट्रिय टिमबाट खेल्छु भन्ने अपेक्षा पनि होइन। तर राष्ट्रिय टिमबाट नखेली छोड्न मनले मानेको छैन। राम्रै छाप छोडेर राष्ट्रिय टिमबाट बिदा लिने विचारमा छु।’

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्