काठमाडौं– नेपाल र बंगलादेशबीङको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्।
खेलको दशौं मिनेटमै बंगलादेशले गोल गरे पनि अफसाइड भएका कारण उक्त गोलले मान्यता पाएन । अन्तिमसम्म दुवै टोलीले धेरै प्रयास गरे पनि गोल गर्न सकेनन् र खेल बराबरीमा सकिएको छ ।
अर्को खेल मंगलबार हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।