काठमाडौं- नेपाल आयल नियगले एक सातामा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले डिजेल, पेट्रोल तथा मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो।
पछिल्लो वृद्धिसँगै काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ, र डिजेल/मट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ। मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुने निगमले जनाएको छ।
हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।