• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी अध्ययन भन्छ– कोभिडका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

‘कोभिड पछि कुनैपनि उद्योगको उत्पादन पूर्ण क्षमतामा छैन’
64x64
नेपाल लाइभ बुधबार, फागुन ५, २०७७  ०८:३०
1140x725

काठमाडौं- सरकारले गरेको अध्ययनले कोभिड-१९ महामारीका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएको देखाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनअनुसार कोभिड-१९ महामारीको नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा संचालन हुन नसकेको देखिएको हो।

उद्योग मन्त्रालयको अध्ययनमा सहभागी उद्योग व्यवसायमध्ये १०.८१ प्रतिशत पूर्ण बन्द छन् भने ८९.१९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा संचालनमा रहेको देखिएका छन्। पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ। 

No description available.

महामारीको प्रभावका कारण उद्योगहरूको उत्पादन क्षमतामा उल्लेख्य रूपमा गिरावट आएको पाइएको छ। सर्वेक्षणमा सहभागी उद्योगमध्ये ५४ प्रतिशत उद्योगहरूको उत्पादन क्षमता ५० प्रतिशतले ह्रास भएको मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ। 

त्यस्तै ३२.४३ प्रतिशत उद्योगहरूको ७५ प्रतिशतसम्म उत्पादनमा कमी आएको छ। त्यस्तै २३.५२ प्रतिशत लघु तथा घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ।

कोभिडले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर पारेको अध्ययनले देखाएको छ। ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ती, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र वजारीकरण सबै क्षेत्रमा असर परेको पाइएको छ। अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरूले कोभिड-१९ महामारीका कारण आफ्नो उत्पादनमा असर परेको बताएका छन्।

त्यसैगरी ७६.४७ प्रतिशत लघु तथा घरेलु उद्योगहरुमा कच्चा पदार्थ पाउन कठिनाई हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको प्रतिवेदनमा जनाइएको छ। महामारीका कारण ८८.२४ प्रतिशत लघु तथा घरेलु उद्योगहरूले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका छन्।

Ncell 2
Ncell 2

साना उद्योगका हकमा ८७.५ प्रतिशत उद्योगहरूको उत्पादनमै प्रत्यक्ष असर परेको देखिएको छ भने ७५ प्रतिशत साना उद्योगहरूले उद्योगको लागि कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको बताएका छन्।

उद्योगहरुको नाफा नोक्सान हेर्दा कोभिड–१९ को प्रभावले अधिकांश उद्योगहरु नोक्सानमा रहेको देखिन्छ। यस अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतले मात्र नाफामा रहेको वताएको छन्। नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग रहेका छन्। 

रोजगारी गुमाउने पुरुष बढी
महामारीको समयमा रोजगारी गुमाउनेको अवस्था हेर्दा सबैभन्दा बढी रोजगारी गुमाउनेको संख्या लघु उद्योगमा रहेको छ। त्यसपछि क्रमशः साना, मझौला र ठूला उद्योगमा रोजगारी गुमेको देखिएको छ।

रोजगारी गुमेको अवस्थालाई लैगिंक दृष्टिकोणबाट हेर्दा महिलाको तुलनामा पुरुषले उल्लेख्य संख्यामा रोजगारी गुमाएको पाइएको छ। 

महामारीका कारण सबै प्रकारका उद्योग व्यवसायहरू प्रभावित भएको देखाएको छ। उद्योग व्यवसायको संचालन क्षमता घटेको छ, जसका कारण वस्तु तथा सेवाको उत्पादनमा समेत गिरावट आएको छ। उद्योगी तथा व्यवसायीहरूले कच्चा पदार्थको आपूर्ति, श्रमिक परिचालन र उत्पादनको बजारीकरणमा समस्या भोगिरहेको बताएका छन्।

अधिकांश उद्योग व्यवसायहरू घाटामा संचालन भएका छन् भने लघु, घरेलु, साना तथा मझौला उद्योगीहरूले संचालन पूँजीको अभाव भएको बताएका छन्। त्यसैगरी सबै प्रकारका उद्योगी व्यवसायीहरूले उल्लेख्य संख्यामा रोजगारीको कटौती गरेका छन्।

मन्त्रालयले गरेको अध्ययनमा सहभागी उद्योगहरूले उद्योग व्यवसायको पूर्ण संचालनका लागि सरकारले ब्याजदरमा विशेष छुट दिनुपर्ने, सहुलियत दरमा ऋण पाउनुपर्ने, करमा विशेष छुट दिनु पर्ने, उत्पादनको आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, घरभाडा छुट दिनुपर्ने सुझाव दिएका छन्।

यसका साथै कम्तीमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्न नहुने, अन्त: शुल्क र भ्याटको दरमा पुनर्मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरु तुरुन्त प्रदान गर्नुपर्ने समेत सुझाव दिएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
सम्बन्धित सामग्री
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्