काठमाडौं- भन्सार विभागका महानिर्देशक सुमन दाहालद्वारा लिखित 'कोरोनाकालमा भन्सार प्रशासन' पुस्तक सार्वजनिक भएको छ। अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले सोमबार भन्सार विभागमा पुस्तक लोकार्पण गरेका छन्।
२०७६ भदौ १६ गतेदेखि भन्सार विभागको महानिर्देशक रहेका दाहालले कोभिड-१९ को संक्रमण न्यूनीकरण र रोकथामका लागि गरिएको लकडाउनका क्रममा भन्सार प्रशासनले वस्तुत तथा सेवाको नियमित आपूर्तिका लागि गरेको योगदानको स्मरण गर्दै पुस्तक तयार गरेका हुन्।
उनले पुस्तकमा २१ वटा रचना संग्रहित गरेका छन्। 'जटिल परिस्थितिमा पनि भन्सार प्रशासनले कसरी काम गरेको थियो भन्ने स्मरण पुस्तकमा गर्न खोजेको छु,' दाहालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।