• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

झापाको ‘बालुवाटार काण्ड’ : गगन पुरीले बेचेका १९९ कित्ता जग्गा रोक्का 

64x64
नारायण अधिकारी सोमबार, फागुन ३, २०७७  १०:१३
1140x725

काठमाडौं- 'झापाको बालुवाटार काण्ड' भनेर चिनिने दमक नगरपालिका–१३ मा रहेको सरकारी सार्वजनिक जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याई रेवतराज (गगन) पुरीले बेचेका १९९ रोपनी जग्गा रोक्का भएका छन्।

मालपोत र नापी कार्यालयका कर्मचारीसँग मिलेमतो गरी गगन पुरीले सरकारी जग्गा आफ्नो नाममा ल्याई बेचेका थिए। गगनसहित उनकै योजनामा आफन्तको नाममा ल्याई बेचेका १९९ कित्ता जग्गा किनबेचमा रोक्का गरिएको हो।

सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा मालपोत कार्यालयले यी जग्गाको किनबेच रोक्का गरेको हो। सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा कर्मचारीसँग मिलेर चलखेल गरी गगनले सार्वजनिक जग्गा आफ्नो नाममा ल्याएको पाइएको थियो।

गगनसहित उनकी श्रीमती केशावति पुरी, देवकुमार पुरी, मनमाया पुरीको नाममा ल्याई बेचिएका १९९ कित्ता जग्गाको किनबेच रोक्का गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। जग्गाहरू भोग चलन गर्न कुनै बाधा नभएको तर किनेबचका लागि भने गगनविरुद्धको फैसला नआउन्जेलका रोकिएको विभागले जनाएको छ । 

भिबोर विकास बैंक लिमिटेड, युनिटी एन्ड होम मेकर प्रालि, पूर्वी किरण इन्भेस्टमेन्ट प्रालि, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेड, एनबिडिएस सुपर मार्ट प्रालि गरी ६ कम्पनीसहित झन्डै डेढ सय जनाको नाममा रहेको १९९ कित्ता जग्गाको कारोबार रोक्का गरिएको हो। गगनको समूहले बेचेको १९९ कित्ता जग्गामा २ लाख ६५ हजार ५ सय १५ वर्गमिटर अर्थात झन्डै ४० बिगाहा जग्गा छ। 

योसँगै गगनको समूहले बेचेको जग्गा किन्ने व्यक्तिले यो मुद्दाको किनारा नलागेसम्म जग्गा किनबेच गर्न नपाउने भएका छन्। यी जग्गाहरु गगनको समूहले २०६६ सालदेखि बेच्दै आएको पाइएको छ। जग्गा अद्यावधिक गराउँदा कर्मचारीसमेतको मिलेमतोमा नेपाल सरकारको नाममा रहेको ऐलानी, पर्ती, झाडी, खोला र सडक समेतका जग्गाहरु व्यक्ति विशेषको नाममा दर्ता कायम गरी सरकारी सम्पत्ति गगनले हडपेका थिए। 

२०३९ सालभन्दा यी जग्गामा ८८ परिवार सुकुम्वासीको बसोबास थियो। पञ्चायतका अध्यक्ष डम्बर बहादुर अधिकारीको अगुवाइमा उक्त सरकारी भनिएको जग्गामा करिब ८८ घर सुकुम्वासीहरूको बसोबास गराइएको थियो। यसको क्षेत्रफल ६० बिगाहा थियो। 

नेपाल सरकारबाटै २०३९ सालमा गठन गरिएको सुकुम्वासी आयोगले ती जग्गा सुकुम्वासीहरु बसोबास गरेबमोजिम धनीपूर्जा दिने उद्देश्यले फिल्डबुक भराउने काम गरेको थियो। पछि नक्सा बनाई कित्ताकाट समेत गरी सुकुम्बासीको नाममा निस्सा प्रमाण दिलाएको थियो।

Ncell 2
Ncell 2

सुकुम्बासी बस्तीमा रतुवा खोला बगेपछि बस्ती विस्थापित भएको थियो। त्यही जग्गा पछि गगनले कर्मचारीको मिलेमतोमा आफ्नो नाममा पारी बेचेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको अनुसन्धानबाट खुलेको थियो। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर कीर्ते धनीपूर्जा बनाइएको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर आफ्नो नाममा ल्याएर गगनसहितका व्यक्तिले बेचेका थिए।

जग्गाको नक्सामा जग्गाधनी दर्ता किताबमा उल्लेख भए भन्दा बढी क्षेत्रफलको नक्सा तयार गरी गगनले बेचेको निश्कर्ष विभागले गरेको छ। 

गगनले उदयबहादुर श्रेष्ठलाई समेत जोतभोग गरी आएको जग्गा भनि आफैले नापजाँच गराएर धनीपूर्जा लिनुहोला भनी नक्सामा देखिएको भन्दा बढी जग्गा समेत विभिन्न व्यक्तिलाई बिक्री गरी ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

गगन नेकपाको प्रदेश १ कमिटी सदस्य हुन् भने तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिकाका मेयरका उम्मेदवार समेत बनेका थिए। 

सरकारी जग्गा कीर्ते गरी बेच्नेले गगन यसअघि जिल्ला अदालत झापाबाट १ लाख धरौटीमा रिहा भएका थिए। विशेष अदालतल भने माघ २२ गते सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई ५ लाख धरौटीमा रिहा गरेको थियो। 

गगनविरुद्ध १२ करोड १३ लाख ७२ हजार १ सय ७८ रुपैयाँ बिगो दाबी गरिएको थियो। 

सुकुम्वासीले पाएको जग्गासमेत बेचे गगनले
सुकुम्वासीले पाएको जग्गा समेत कित्ताकाट गरेर गगनले बेचेका अनुसन्धानबाट खुलेको छ। यही जग्गाको सम्बन्धमा कीर्ते मुद्दा परी १ लाख ७५ हजार रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ओम प्रकाश पौडेल। 

पौडेलको बयान अनुसार उनको पहिलो १८ धुर मात्रै जग्गा थियो। २०६७ सालमा दमकस्थित सरपट नापी टोलीले दमकको ऐलानी जग्गाहरु नापी गर्दैछ भन्ने सुनेपछि पौडेलले पनि आफू सुकुम्वासी भएकाले जग्गा पाइने/नपाइने बारे नापी कार्यालय झापाका तत्कालिन प्रमुख शशिकान्त झासँग सोधपुछ गरेका थिए। त्यसबेला झाले २ प्रति फोटो र नागरिकताको प्रतिलिपि गगन पुरीलाई दिनु भनेकाले दिएको बयान दिएका छन्। 

पछि उनको नाममा दमक-१३ को सिट नम्बर १७९–००९५ को साविक ७८३, ७८८ र ७८४ जग्गाबाट नयाँ कित्ता नम्बर ३० कायम गरिएको थियो। ३० नम्बर कित्ताबाट समेत पुरीले पुन कित्ताकाट गरी जग्गा बेचेको पाइएको छ। ३० नम्बर कित्ताबाट कित्ताकाट गरी ७२, ७३ र ७४ नम्बर कित्ता कायम गरिएको थियो। ७२ र ७३ नम्बर कित्ताका जग्गा गगनले टिकाराम कुवँर र कृष्ण माया कुवँरलाई गगनले बेचेको पौडेलको बयान छ। ७४ नम्बरको कित्ता भने पौडेलको नाममा देखाइएको थियो।

उक्त जग्गाको दर्ता श्रेस्तामा भएको तीनपुस्ते विवरण तथा फोटो औठा छापसमेत आफ्नो नभएको र उक्त कीर्ते कार्यमा आफू सहभागी नभएको पौडलको बयान छ। यसरी सुकुम्वासीको नामा रहेको जग्गा जग्गा धनीलाई समेत थाहै नदिई गगनको समूहले कीर्ते गरेर बेचेका थिए।

जग्गाको क्षेत्रफल वर्गमिटरमा।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्