• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

झापाको ‘बालुवाटार काण्ड’ : गगन पुरीले बेचेका १९९ कित्ता जग्गा रोक्का 

64x64
नारायण अधिकारी सोमबार, फागुन ३, २०७७  १०:१३
1140x725

काठमाडौं- 'झापाको बालुवाटार काण्ड' भनेर चिनिने दमक नगरपालिका–१३ मा रहेको सरकारी सार्वजनिक जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याई रेवतराज (गगन) पुरीले बेचेका १९९ रोपनी जग्गा रोक्का भएका छन्।

मालपोत र नापी कार्यालयका कर्मचारीसँग मिलेमतो गरी गगन पुरीले सरकारी जग्गा आफ्नो नाममा ल्याई बेचेका थिए। गगनसहित उनकै योजनामा आफन्तको नाममा ल्याई बेचेका १९९ कित्ता जग्गा किनबेचमा रोक्का गरिएको हो।

सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा मालपोत कार्यालयले यी जग्गाको किनबेच रोक्का गरेको हो। सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा कर्मचारीसँग मिलेर चलखेल गरी गगनले सार्वजनिक जग्गा आफ्नो नाममा ल्याएको पाइएको थियो।

गगनसहित उनकी श्रीमती केशावति पुरी, देवकुमार पुरी, मनमाया पुरीको नाममा ल्याई बेचिएका १९९ कित्ता जग्गाको किनबेच रोक्का गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। जग्गाहरू भोग चलन गर्न कुनै बाधा नभएको तर किनेबचका लागि भने गगनविरुद्धको फैसला नआउन्जेलका रोकिएको विभागले जनाएको छ । 

भिबोर विकास बैंक लिमिटेड, युनिटी एन्ड होम मेकर प्रालि, पूर्वी किरण इन्भेस्टमेन्ट प्रालि, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेड, एनबिडिएस सुपर मार्ट प्रालि गरी ६ कम्पनीसहित झन्डै डेढ सय जनाको नाममा रहेको १९९ कित्ता जग्गाको कारोबार रोक्का गरिएको हो। गगनको समूहले बेचेको १९९ कित्ता जग्गामा २ लाख ६५ हजार ५ सय १५ वर्गमिटर अर्थात झन्डै ४० बिगाहा जग्गा छ। 

योसँगै गगनको समूहले बेचेको जग्गा किन्ने व्यक्तिले यो मुद्दाको किनारा नलागेसम्म जग्गा किनबेच गर्न नपाउने भएका छन्। यी जग्गाहरु गगनको समूहले २०६६ सालदेखि बेच्दै आएको पाइएको छ। जग्गा अद्यावधिक गराउँदा कर्मचारीसमेतको मिलेमतोमा नेपाल सरकारको नाममा रहेको ऐलानी, पर्ती, झाडी, खोला र सडक समेतका जग्गाहरु व्यक्ति विशेषको नाममा दर्ता कायम गरी सरकारी सम्पत्ति गगनले हडपेका थिए। 

२०३९ सालभन्दा यी जग्गामा ८८ परिवार सुकुम्वासीको बसोबास थियो। पञ्चायतका अध्यक्ष डम्बर बहादुर अधिकारीको अगुवाइमा उक्त सरकारी भनिएको जग्गामा करिब ८८ घर सुकुम्वासीहरूको बसोबास गराइएको थियो। यसको क्षेत्रफल ६० बिगाहा थियो। 

नेपाल सरकारबाटै २०३९ सालमा गठन गरिएको सुकुम्वासी आयोगले ती जग्गा सुकुम्वासीहरु बसोबास गरेबमोजिम धनीपूर्जा दिने उद्देश्यले फिल्डबुक भराउने काम गरेको थियो। पछि नक्सा बनाई कित्ताकाट समेत गरी सुकुम्बासीको नाममा निस्सा प्रमाण दिलाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सुकुम्बासी बस्तीमा रतुवा खोला बगेपछि बस्ती विस्थापित भएको थियो। त्यही जग्गा पछि गगनले कर्मचारीको मिलेमतोमा आफ्नो नाममा पारी बेचेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको अनुसन्धानबाट खुलेको थियो। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर कीर्ते धनीपूर्जा बनाइएको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर आफ्नो नाममा ल्याएर गगनसहितका व्यक्तिले बेचेका थिए।

जग्गाको नक्सामा जग्गाधनी दर्ता किताबमा उल्लेख भए भन्दा बढी क्षेत्रफलको नक्सा तयार गरी गगनले बेचेको निश्कर्ष विभागले गरेको छ। 

गगनले उदयबहादुर श्रेष्ठलाई समेत जोतभोग गरी आएको जग्गा भनि आफैले नापजाँच गराएर धनीपूर्जा लिनुहोला भनी नक्सामा देखिएको भन्दा बढी जग्गा समेत विभिन्न व्यक्तिलाई बिक्री गरी ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

गगन नेकपाको प्रदेश १ कमिटी सदस्य हुन् भने तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिकाका मेयरका उम्मेदवार समेत बनेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारी जग्गा कीर्ते गरी बेच्नेले गगन यसअघि जिल्ला अदालत झापाबाट १ लाख धरौटीमा रिहा भएका थिए। विशेष अदालतल भने माघ २२ गते सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई ५ लाख धरौटीमा रिहा गरेको थियो। 

गगनविरुद्ध १२ करोड १३ लाख ७२ हजार १ सय ७८ रुपैयाँ बिगो दाबी गरिएको थियो। 

सुकुम्वासीले पाएको जग्गासमेत बेचे गगनले
सुकुम्वासीले पाएको जग्गा समेत कित्ताकाट गरेर गगनले बेचेका अनुसन्धानबाट खुलेको छ। यही जग्गाको सम्बन्धमा कीर्ते मुद्दा परी १ लाख ७५ हजार रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ओम प्रकाश पौडेल। 

पौडेलको बयान अनुसार उनको पहिलो १८ धुर मात्रै जग्गा थियो। २०६७ सालमा दमकस्थित सरपट नापी टोलीले दमकको ऐलानी जग्गाहरु नापी गर्दैछ भन्ने सुनेपछि पौडेलले पनि आफू सुकुम्वासी भएकाले जग्गा पाइने/नपाइने बारे नापी कार्यालय झापाका तत्कालिन प्रमुख शशिकान्त झासँग सोधपुछ गरेका थिए। त्यसबेला झाले २ प्रति फोटो र नागरिकताको प्रतिलिपि गगन पुरीलाई दिनु भनेकाले दिएको बयान दिएका छन्। 

पछि उनको नाममा दमक-१३ को सिट नम्बर १७९–००९५ को साविक ७८३, ७८८ र ७८४ जग्गाबाट नयाँ कित्ता नम्बर ३० कायम गरिएको थियो। ३० नम्बर कित्ताबाट समेत पुरीले पुन कित्ताकाट गरी जग्गा बेचेको पाइएको छ। ३० नम्बर कित्ताबाट कित्ताकाट गरी ७२, ७३ र ७४ नम्बर कित्ता कायम गरिएको थियो। ७२ र ७३ नम्बर कित्ताका जग्गा गगनले टिकाराम कुवँर र कृष्ण माया कुवँरलाई गगनले बेचेको पौडेलको बयान छ। ७४ नम्बरको कित्ता भने पौडेलको नाममा देखाइएको थियो।

उक्त जग्गाको दर्ता श्रेस्तामा भएको तीनपुस्ते विवरण तथा फोटो औठा छापसमेत आफ्नो नभएको र उक्त कीर्ते कार्यमा आफू सहभागी नभएको पौडलको बयान छ। यसरी सुकुम्वासीको नामा रहेको जग्गा जग्गा धनीलाई समेत थाहै नदिई गगनको समूहले कीर्ते गरेर बेचेका थिए।

जग्गाको क्षेत्रफल वर्गमिटरमा।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्