काठमाठौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हालै सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ। महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
बुधबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। उक्त मूल्य वृद्धिको निर्णय फागुन ८ गतेम्ममा फिर्ता नलिए कडा कदम चाल्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले २०६५ मा ल्याएको वैज्ञानिक भाडा निर्धारण मापदण्ड अनुसार विभागले भाडा समायोजन नगरेको आरोप महासंघले लगाएको छ। पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढेको, सवारी करलगायत पार्टपुर्जाको मूल्य बढेको भएपनि लामो समेयदेखि सवारी भाडा नबढेको महासंघले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।