काठमाडौं- सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ।
बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधरबा छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य समेत तोलामा २५ रुपैयाँले बटेको छ। बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।