काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।
पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ। ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ।
योसँगै काठमाडौं उपत्यकामा यसअघि प्रतिसिलिण्डर १३७५ रूपैयाँ पर्ने गरेकोमा अब १४०० पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।