• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महालक्ष्मी बैंक घोटाला प्रकरण : धितोको सुन यसरी पारिन्थ्यो 'गायब'

घरमै बन्थ्यो कर्जाको फर्जी तमसुक
64x64
नारायण अधिकारी बिहीबार, माघ २९, २०७७  १९:४४
1140x725

काठमाडौं- महालक्ष्मी विकास बैंकको कुमारीपाटी, ललितपुर शाखामा भएको धितोको सुन घोटाला प्रकरण पाटन उच्च अदालतमा बहसका क्रममा छ। यो मुद्दाले बैंकमा धितो राखिएको सुन गायब पार्ने बैंकिङ ठगीको नयाँ विषय उजागर गरेको छ। नक्कली धितो राखी कर्जा प्रवाह गर्ने र आफैँ सञ्चालक भएर कर्जा प्रवाह गरी कर्जा अपचलन गर्ने प्रकृतिका ठगी यसअघि पनि हुने गरेका भएपनि धितोको सुनचाँदी नै गायब हुने विषय नयाँ हो। पाटन उच्च अदालतको वाणिज्य इजलासका लागि यो मुद्दाले नयाँ नजिर बनाउने देखिन्छ। 

अदालतमा मंगलबारदेखि सुरु भएको प्रतिवादीहरूको बयान बुधबार सकिएर बिहीबारदेखि थुनछेक बहस सुरु भएको छ। यो मुद्दा आइतबारका लागि 'हेर्दाहेर्दै'मा छ। आइतबार हुने बहसले अभियुक्तहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ। 

बैंकको कुमारीपाटी शाखाका तत्कालीन प्रबन्धक पिंकु पालिखे, बैंककै शाखा प्रबन्धक स्मृति राणा, बैंकका सुन जाँचकी पदमचन्द्र ज्ञवाली, ऋणीहरू देवानन्द राई, सन्दीप लिम्बू, पूर्ण राईसहित ९ जना प्रतिवादीहरूको बयान सकिएर थुनछेक बहस सुरु भएको हो। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा धितो राखेका सुनका गरगहना कर्जा नतिरी सुन जाँचकीको मिलेमतोमा लाने गरिएको तथ्य खुलेको थियो। सिआइबीले यस्तो तथ्य फेला पारेपछि उनीहरूमाथि थप अनुसन्धान गरी अदातलमा मुद्दा दर्ता गराएको थियो। 

बैंककै कर्मचारीको मिलेमतोमा ७ करोड ४८ लाख रूपैयाँ घोटाला भएको प्रहरी अनुसन्धानले देखाएको छ। कर्जा दिने बेलामा १७ किलो सुनको मूल्यांकन गरेर कर्जा दिइएको थियो। तर कर्जा नतिरेपछि सुन लिलामी गर्न खोज्दा धितोमा राखिएको सुन १७ किलो हुनुपर्नेमा ५ किलो मात्रै भेटिएको थियो। 

प्रहरीले ज्ञवालीको घरमा खानतलासी गर्दा बैंकको एक रजिस्टर र डायरीसमेत फेला परेको थियो। उक्त रजिस्टर हिसाब मिलानका लागि घर लगेको ज्ञवालीले स्वीकार गरेका छन्।

धितो राखेको सुन कर्जा नतिरी सुन जाँचकीको मिलेमतोमा लाने गरिएको मात्र नभएर कम सुन राखेर बढी कर्जा लिएर जाने गरेको समेत प्रहरीको अनुसन्धानमा देखिएको छ। यसरी एकतर्फ सुरुमै कम सुन धितो राखेर बढी कर्जा दिने गरेको र अर्कोतर्फ त्यही कम सुन पनि कर्जा नतिरी बीचमै लाने गरेको प्रहरी अुनसन्धानको निष्कर्ष छ। ऋणीसँगको मिलेमतोमा भएका यस्ता गैरकानुनी गतिविधिको जिम्मा तत्कालीन सुन जाँचकी पदमचन्द्र ज्ञवालीको प्रत्यक्ष संलग्नतामा भएको प्रहरीको अनुसन्धानले देखाएको छ। 

सुन जाँचकीको स्वीकारोक्ति
प्रहरीसँगको बयानका क्रममा तत्कालीन सुन जाँचकी ज्ञवालीले कर्जा नतिरी ऋणीलाई सुन लैजान दिने गरेको स्वीकार गरेका छन्। ‘देवनन्द राईले बेला-बेला बैंकमा पैसा जम्मा नगरी 'पैसा पछि ल्याउछु' भनेर धितो राखिएका सुनसमेत लैजान्थे,’ ज्ञवालीको बयानमा उल्लेख छ, ‘नियमित ऋणी भएकोले विश्वासमा पारी धितोमा राखेका सुनका गहनाहरु लाने गरेका थिए। पछि सुन फिर्ता नल्याएपछि तमसुक लेखेभन्दा कम सुन देखिएको हुन सक्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यो घटनाबारे ज्ञवालीले शाखा प्रबन्धकलाई केही जानकारी नदिएको दाबी गरेका छन्। ‘बैंकमा सुन कम मात्रामा छ भनी मैले शाखा प्रबन्धकलाई बताउने गरेको थिइनँ। शाखा प्रबन्धकलाई जानकारी गराएमा आफूलाई कारबाही हुने डरले गर्दा नै मैले जानकारी नगराएको हो,’ ज्ञवालीको बयानमा उल्लेख छ।

कम सुन राखेर बढी कर्जा दिएको हिसाब मिलान गर्न सुन जाँचकी ज्ञवालीले रजिस्टरसमेत घरमा लगेर हिसाब मिलानको अनेक प्रयास गरेका थिए। तर उनको प्रयास भने सफल हुन सकेन।

ज्ञवाली २०६९ मंसिर १९ गतेदेखि बैंकको कुमारीपाटी शाखामा करारमा कार्यरत थिए। पटकपटक गरी २०७७ असार ५ गतेसम्म उनको करार नवीकरण भएको थियो। उनै ज्ञवालीका पालामा १७ किलो सुन भनेर ५ किलो मात्रै धितो राखेर कर्जा दिइएको थियो। 

सुनको तौल नै नगरी मिलेमतोमा कर्जा
सुन धितोमा राखेर कर्जा प्रवाह गर्दा धितो राख्न लागिएका गरगहनाको शुद्धता जाँच गर्ने, तौल गर्नुपर्ने र तत्काल कायम बजारमूल्यको ७५ प्रतिशतसम्म हुन आउने रकम कर्जा दिनुपर्ने हुन्छ। तर बैंकका सुन जाँचकी ज्ञवालीले भने मिलेमतोमा तौल नै नगरी कर्जा दिने गरेको पाइएको छ।

तौल नगरी अड्कल र ऋणीले भनेअनुसार तौल राखेर कर्जा प्रवाह गर्ने गरेको पाइएको अनुसन्धानबाट देखिएको छ। यो विषय ज्ञवालीले आफ्नो बयानमा समेत घुमाउरो तरिकाले स्वीकार गरेका छन्।

‘चुरा, जन्तर, तिलहरी, नौगेडी, र पत्थरजडित गहनाहरू ग्राहकलाई सोधेर अनुमान गरी त्यसको तौल राख्ने गरेको थिएँ,’ सुन जाँचकी ज्ञवालीले बयानमा भनेका छन्।

हिसाब मिलान गर्न बैंकको रजिस्टर घरमा
कम सुन राखेर बढी कर्जा दिएको हिसाब मिलान गर्न सुन जाँचकी ज्ञवालीले रजिस्टरसमेत घरमा लगेर हिसाब मिलानको अनेक प्रयास गरेका थिए। तर उनको प्रयास भने सफल हुन सकेन।

प्रहरीले ज्ञवालीको घरमा खानतलासी गर्दा बैंकको एक रजिस्टर र डायरीसमेत फेला परेको थियो। उक्त रजिस्टर हिसाब मिलानका लागि घर लगेको ज्ञवालीले स्वीकार गरेका छन्। डायरीमा भने ज्ञवालीले 'मलाई जे पनि हुनसक्छ, केही भई हालेमा देवनन्द राईलाई कारबाही गर्नू' भनेरसमेत लेखेका थिए।

‘बैंकको सुन कर्जाको हिसाब नमिलेको कारण उक्त हिसाब मिलाउनको लागि ताकेता गर्न कहिले पूर्ण राईको कोठामा त कहिले देवनन्द राईको कोठामा जाने गर्थेँ,’ ज्ञवालीले बयानमा भनेका छन्, ‘सोही क्रममा एक दिन मलाई देवनन्द राईकी श्रीमतीले 'जे पनि हुन सक्छ' भनी धम्की दिएका कारण मैले डायरीमा 'मलाई केही हुन गएमा देवनन्द राई समेतलाई कारबाही गर्नू' भनेर लेखेको हुँ।’

घरमै बन्थ्यो कर्जाको तमसुक, शाखा प्रबन्धकले हेर्दैन्नथे : सुन जाँचकी
कर्जा लिनका लागि बैंकको कार्यालयमा तयार गर्नुपर्ने तमसुकसमेत घरमै बन्ने गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ। ‘कतिपय अवस्थामा नियमित आउने ग्राहकले घरमै तमसुक र फारम लगी आँफै विवरण भरी ल्याउने गर्दथे,’ सुन जाँचकी ज्ञवालीले बयानमा भनेका छन्।

जाँचकी ज्ञवालीले आफ्नो डायरीमा 'मलाई जे पनि हुनसक्छ, केही भई हालेमा देवनन्द राईलाई कारबाही गर्नू' भनेरसमेत लेखेका थिए।

कर्जा दिने/लिने बेलामा धितो राखिएका सबै सुनचाँदीका गरगहना शाखा प्रबन्धककै अगाडि लाहाछाप लगाउने गरिएको ज्ञवालीको भनाइ छ। सुन कर्जाका लागि धितोमा राख्न ल्याएका सुनका गहना शाखा प्रबन्धक वा शाखा प्रबन्धकको प्रतिनिधिको सामुन्ने एक-एक गरी सुन थैलामा हाली लाहाछाप लगाई प्याक गरी भल्टमा राख्ने गरेपनि उनीहरूले नहेरेको ज्ञवालीको दाबी बयान छ। 

घरमै बनेका तमसुकअनुसार कर्जा प्रवाह गर्दासमेत शाखा प्रबन्धकले भने केही पनि नहेरी तोक लगाउने गरेको ज्ञवालीको बयान छ। यसबारे शाखा प्रबन्धककै मिलेमतोमा कम सुन धितो राखेर बढी कर्जा प्रवाह भएको पुष्टि हुने सिआइबीले बताएको छ। 

केन्द्रीय कर्जा प्रमुखको सिफारिस- देवनन्द विश्वसनीय व्यक्ति हुन्, कर्जा दिनू
एक करोड भन्दा बढी कर्जा दिनका लागि केन्द्रीय बैंकको स्वीकृत चाहिने भएकाले ऋणी देवनन्द राईका हकमा समेत बैंकको केन्द्रीय कार्यालयलाई जानकारी गराइएको थियो। त्यसबेला केन्द्रीय कार्यालयका कर्जा प्रमुख सञ्जय श्रेष्ठले समेत एक करोड भन्दामाथिको कर्जा भएपनि देवनन्द विश्वसनीय व्यक्ति भएकाले कर्जा दिन सिफारिस गरेको ज्ञवालीको दाबी बयान छ।

केन्द्रीय कर्जा प्रमुखको सिफारिसअनुसार देवनन्दको विश्वासिलो व्यक्ति अगमवीर लिम्बूको नाममा सुन कर्जा खाता खोली कारोबार गरिएको ज्ञवालीले बताएका छन्। अगमवीरका नाममा सुनकर्जा खाता खोलिएपनि उनी बैंक आउँदैनथे। घरमै तमसुक बनाएर अगमवीरको दस्तखत र औंठाछाप लगाएर देवनन्दले बैंक ल्याउने गरेका थिए। यसरी अगमवीर विनै कर्जा प्रवाह हुने गरेको अनुसन्धानबाट खुलेको छ। 

सुन धितोबारे जानकारी छैन, सबै जिम्मा जाँचकीको हो : शाखा प्रबन्धक राणा
बैंकको कुमारीपाटी शाखाकी प्रबन्धक स्मृति राणाले सुन धितोबारे आफूलाई केही जानकारी नभएको र यसको सम्पूर्ण जिम्मा सुन जाँचकी ज्ञवालीको रहेको बताएकी छन्। प्रहरी हिरासतमा राणाले बयानको क्रममा उक्त कुरा भनेकी हुन्। सुनको गुणस्तर, प्रकार, तौललगायतबारे आफूलाई केही थाहा नभएको, यसबारे कुनै तालिम, प्रशिक्षणसमेत बैंकले नगराएको उनको भनाइ छ। 

‘सुनसम्बन्धी ज्ञान भएको पदमचन्द्र ज्ञावलीलाई बैँकले आफैँ राखी सुन कर्जा सम्बन्धी सम्पूर्ण कामकाज गर्न सुन जाँचकीका रुपमा म जानुभन्दा अघिदेखि नै करारमा नियुक्त गरेको थियो। त्यसरी कर्जाका लागि धितोमा राखिएका गरगहना नक्कली, कम तौल भएका, कमसल, सिल टुटफुट भएमा सम्पूर्ण जिम्मा सुन जाँचकीको हो,’ राणाको बयान छ, 'कर्जामा राखिएको सुन तथा सुनका गरगहना नयाँ सुन जाँचकी र पुरानो सुन जाँचकीबीच बुझबुझारथ गर्दा मात्रै तमसुकमा उल्लेख भएको भन्दा बैँकमा धितोमा राखिएको सुनको तौल कमी भएको र त्यसपछि मात्रै आफूलाई थाहा भएको हो।'

थप समाचार
महालक्ष्मी विकास बैंक घोटाला प्रकरणमा ९ जनाविरुद्ध मुद्दा दर्ता, बयान सुरु

महालक्ष्मी बैंककाे साढे ७ करोड घोटाला प्रकरण : सुन जाँचकी पक्राउ

महालक्ष्मी विकास बैंकका ३ शाखा प्रबन्धक पक्राउ

महालक्ष्मी विकास बैंकमा सुन घोटाला प्रकरण : मूल्यांकन गरियो १७ किलो, राखियो ५ किलो

३ वर्षदेखि महालक्ष्मी विकास बैंकमा घोटाला, कर्मचारी फरार

महालक्ष्मी बैंकको साढे ७ करोड घोटाला प्रकरण : प्रहरीको अनुसन्धानमा बैंकको हस्तक्षेप

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १९:४४
  • #घोटाला
  • #महालक्ष्मी_विकास_बैंक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
विस्फोटक पदार्थसहित एक पक्राउ अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्