• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महालक्ष्मी बैंकको साढे ७ करोड घोटाला प्रकरण : प्रहरीको अनुसन्धानमा बैंकको हस्तक्षेप

अनुसन्धानमा रहेका व्यक्ति दोषी नरहेको दाबी
64x64
नारायण अधिकारी मंगलबार, पुस १४, २०७७  ०७:१८
1140x725

काठमाडौं- महालक्ष्मी विकास बैंकको शाखा कार्यालय कुमारीपाटी ललितपुरमा भएको घोटाला प्रकरणमा नयाँ तथ्य खुल्दै गएका छन्। बैंककै कर्मचारीको मिलेमतोमा कम तौलका सुनका गरगहनालाई बढी तौलको देखाई बढी ऋण लिई सावाब्याजसमेत नतिरी घोटाला गरिएको थियो। साढे १७ किलो सुन भनेर ५ किलो मात्रै सुन धितो राखेर ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयाँ नतिरी बैंकलाई नोक्सानी गरिएको थियो। 

उक्त प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा बैंकका पूर्व शाखा प्रबन्धक र प्रबन्धकसमेत पक्राउ परेका छन्। घोटाला प्रकरण २०७४ सालदेखि भएको पाइएको छ।

यो पनि पढ्नुहोस्

महालक्ष्मी विकास बैंकमा सुन घोटाला प्रकरण : मूल्यांकन गरियो १७ किलो, राखियो ५ किलोशुक्रबार, पुस ३, २०७७

त्यसबेला प्रबन्धक रहेकी पिंकु पालिखेको हस्ताक्षरबाटै कर्जा जारी भएको सिआइबीको अनुसन्धानले देखाएको छ। पालिखेपछि अनिससिंह सिजापति प्रबन्धक बनेका थिए। उनको पालामा समेत उनकै हस्ताक्षरबाट कर्जा प्रवाह भएको पाइएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। ‘कर्जा प्रवाहमा उनको हस्ताक्षर हुनुले स्वाभाविक रुपमा अनुसन्धानको दायरामा तानिएका हुन्’, एसपी पाण्डे भन्छन्, ‘थप अनुसन्धान भने भइरहेको छ।' 

कार्यालय प्रमुखको हस्ताक्षर र संलग्नताबिना ऋण प्रवाह हुन नस्कने भएकाले स्वाभाविक रुपमा उनीहरु अनुसन्धानको दायरामा तानिएको सिआइबीले जनाएको छ। ‘अहिले पक्राउ परेका प्रबन्धकहरुको समयमा ऋण प्रवाह भएको छ। सुन जाँचकीले ओके भनेर हस्ताक्षर गरेपछि प्रबन्धकहरुले हस्ताक्षर गरेपछि बल्ल ऋण प्रवाह भएको छ। कर्जा प्रवाहमा प्रबन्धकको दायित्व रहन्छ नै,’ एसपी पाण्डे भन्छन्। तर प्रहरीसँगको बयानमा पक्राउ परेका प्रबन्धकहरुले भने दोष जति सबै फरार रहेका सुन जाँचकीमाथि लगाएका छन्। 

उता सिआइबीको अनुसन्धानलाई प्रभाव पार्ने गरी अनुसन्धानकै क्रममा रहेका प्रबन्धकहरु भने निर्दोष रहेको भन्दै महालक्ष्मी विकास बैंकले विज्ञप्ति नै जारी गरेको छ। बैंकले विज्ञप्तिमार्फत् भनेको छ, ‘बैंकले आन्तरिक छानबिन गरेपछि सुन जाँचकी र ऋणीको मिलेमतोमा घोटाला भएको पाइएको छ। यसमा बैंकका कर्मचारी र पूर्वकर्मचारीको संलग्नता छैन।’

बैंकको उक्त विज्ञप्ति भने प्रहरीको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने किसिमको र अनुसन्धानलाई प्रभाव पार्ने नियतले जारी भएको सिआइबीले विश्लेषण गरेको छ। ‘बैंक आफैं जाहेरीमा आउँछ, आफैं प्रबन्धक दोषी होइन भन्छ। सुन जाँचकीको मात्रै दोष हो भन्छ। को दोषी हो भन्ने बैंकले छुट्याउने होइन। हाम्रो अनुसन्धानले देखाउने हो। यसलाई हामीले हाम्रो क्षेत्राधिकारमाथि हस्तक्षेप र अनुसन्धान प्रभाव पार्न खोजेको रुपमा बुझेका छौं,’ सिआइबीका एक अधिकारीले भने।

सुन जाँचकी अझै फरार
हालसम्म सिआइबीले उक्त घोटाला प्रकरणमा बैंकका पूर्वप्रबन्धकसहित ६ जनालाई पक्राउ गरेको छ। 

खोटाङको साकेला गाउँपालिका-२ घर भई ललितपुर लगनखेल बस्ने ३२ वर्षीय पूर्ण राई, सोही ठाउँका ४० वर्षीय देवानन्द राई,  धनकुटाको साँगुरीगढी–४  घर भई ललितपुर बस्ने २५ वर्षीय सन्दिप लिम्बूलाई सिआइबीले मंसिर २६ गते पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना ऋणी हुन्। उनीहरुले सुन धितो राखेर ऋण लिएका थिए। 

Ncell 2
Ncell 2

त्यसैगरी सिआइबीले दोस्रो चरणमा बैंकका तीन जना पूर्वप्रबन्धकलाई पक्राउ गरेको थियो। गौशाला बस्ने ४२ वर्षीय स्मृति राना, पोखराका ३९ वर्षीय पिंकु पालिखे र मोरङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय अनिस सिंह सिजापतिलाई पुस ५ गते सिआइबीले पक्राउ गरेको हो।

उनीहरुविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको छ। कम र कमसल सुन धितो राखेर ऋण प्रवाह भएको समयमा उनीहरु बैंकको शाखा प्रबन्धक थिए। उनीहरुको हस्ताक्षरबाट कर्जा प्रवाह भएकाले उनीहरु समेत अनुसन्धानमा तानिएका हुन्। बैंकका कर्मचारीसहित ६ जना पक्राउ परे पनि घोटाला प्रकरणका मुख्य अभियुक्त सुन जाँचकी भने अहिलेसम्म फरार छन्।

सुन जाँचकी पक्राउ पर्न नसकेकाले महालक्ष्मी विकास बैंक घोटाला प्रकरणको गुत्थी अहिलेसम्म बाहिर आउन सकेको छैन। ‘पक्राउ परेकाहरुको बयान लिने काम भइरहेको छ। तर मुख्य अभियुक्त सुन जाँचकी अहिलेसम्म फरार भएकाले अनुसन्धानमा केही समस्या देखिएको छ,’ सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले भने।

सुन जाँचकीसहित उक्त घोटाला प्रकरणमा जोडिएका ६ जना फरार छन्। उनीहरुको खोजी जारी रहेको सिआइबीले जनाएको छ।

कोभिड कारण देखाउँदै, रिहा माग गर्दै
पक्राउ परेकाहरुले दुई जना ऋणीले कोरोना भाइरस (कोभिड–१९)लाई कारण देखाउँदै हिरासतमुक्त हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन्। सर्वोच्चले समेत कोरोना भाइरसलाई कारण देखाउँदै यसअघि सकेसम्म हिरासतमा नलिई अनुसन्धान गर्न आदेश दिएको थियो। सोही कारण देखाउँदै आरोपितले रिट दायर गरेका छन्।

दुई जना ऋणीले हालेको रिटको जवाफ सिआइबीले आइतबार सर्वोच्चलाई पठाइसकेको छ। अर्का ऋणीको तर्फबाट समेत फेरि रिट दायर भएको छ। उक्त बैंक घोटाला प्रकरणमा अनुसन्धान गरिहरेका एक अधिकारी भन्छन्, ‘कसरी हुन्छ प्रहरीलाई अनुसन्धामा गर्न नदिने, अल्झिाइराख्ने प्रवृत्ति देखिन्छ। पालैपालो रिट हाल्नु र बैंकले समेत कर्मचारीको संलग्नता छैन भन्नुले यो कुरालाई पुष्टि गर्छ।’

सुन जाँचकी फेरिएपछि खुलेको थियो घोटालाको रहस्य
बैंक घोटाला प्रकरणको रहस्य सुन जाँचकी फेरिएपछि बाहिर आएको पाइएको छ। करारमा काम गर्दै आएका सुन जाँचकीको गत साउनमा म्याद सकियो। उनको करारको म्याद थप भएन। उनको ठाउँमा बैंकले नयाँ सुन जाँचकी नियुक्ति गरेको थियो। 

यो पनि पढ्नुहोस्

३ वर्षदेखि महालक्ष्मी विकास बैंकमा घोटाला, कर्मचारी फरारमंगलबार, मंसिर ३०, २०७७

आफूले कामको जिम्मेवारी लिने बेला सावाब्याज तिर्न बाँकी रहेका धितोको जाँच ती कर्मचारीले गरेका थिए। सोही क्रममा कागजमा साढे १७ किलो भनेर राखिएको सुन जम्मा ५ किलोमात्रै रहेको देखिएको थियो। 

‘कागजमा साढे १७ किलो धितो तर सुन भने जम्मा ५ किलो मात्रै भएको पाइएपछि उक्त कुरा राष्ट्र बैंक हुँदै सिआइबीमा आएको हो’ सिआइबीका एक अधिकारी भन्छन्, ‘त्यसबेला नयाँ आएका सुन जाँचकीले धितो जाँच नगरी जिम्मेवारी सम्हालेको भए ती कर्मचारीसमेत अप्ठेरोमा पर्न सक्थे।’

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्