• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महालक्ष्मी बैंकको साढे ७ करोड घोटाला प्रकरण : प्रहरीको अनुसन्धानमा बैंकको हस्तक्षेप

अनुसन्धानमा रहेका व्यक्ति दोषी नरहेको दाबी
64x64
नारायण अधिकारी मंगलबार, पुस १४, २०७७  ०७:१८
1140x725

काठमाडौं- महालक्ष्मी विकास बैंकको शाखा कार्यालय कुमारीपाटी ललितपुरमा भएको घोटाला प्रकरणमा नयाँ तथ्य खुल्दै गएका छन्। बैंककै कर्मचारीको मिलेमतोमा कम तौलका सुनका गरगहनालाई बढी तौलको देखाई बढी ऋण लिई सावाब्याजसमेत नतिरी घोटाला गरिएको थियो। साढे १७ किलो सुन भनेर ५ किलो मात्रै सुन धितो राखेर ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयाँ नतिरी बैंकलाई नोक्सानी गरिएको थियो। 

उक्त प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा बैंकका पूर्व शाखा प्रबन्धक र प्रबन्धकसमेत पक्राउ परेका छन्। घोटाला प्रकरण २०७४ सालदेखि भएको पाइएको छ।

यो पनि पढ्नुहोस्

महालक्ष्मी विकास बैंकमा सुन घोटाला प्रकरण : मूल्यांकन गरियो १७ किलो, राखियो ५ किलोशुक्रबार, पुस ३, २०७७

त्यसबेला प्रबन्धक रहेकी पिंकु पालिखेको हस्ताक्षरबाटै कर्जा जारी भएको सिआइबीको अनुसन्धानले देखाएको छ। पालिखेपछि अनिससिंह सिजापति प्रबन्धक बनेका थिए। उनको पालामा समेत उनकै हस्ताक्षरबाट कर्जा प्रवाह भएको पाइएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। ‘कर्जा प्रवाहमा उनको हस्ताक्षर हुनुले स्वाभाविक रुपमा अनुसन्धानको दायरामा तानिएका हुन्’, एसपी पाण्डे भन्छन्, ‘थप अनुसन्धान भने भइरहेको छ।' 

कार्यालय प्रमुखको हस्ताक्षर र संलग्नताबिना ऋण प्रवाह हुन नस्कने भएकाले स्वाभाविक रुपमा उनीहरु अनुसन्धानको दायरामा तानिएको सिआइबीले जनाएको छ। ‘अहिले पक्राउ परेका प्रबन्धकहरुको समयमा ऋण प्रवाह भएको छ। सुन जाँचकीले ओके भनेर हस्ताक्षर गरेपछि प्रबन्धकहरुले हस्ताक्षर गरेपछि बल्ल ऋण प्रवाह भएको छ। कर्जा प्रवाहमा प्रबन्धकको दायित्व रहन्छ नै,’ एसपी पाण्डे भन्छन्। तर प्रहरीसँगको बयानमा पक्राउ परेका प्रबन्धकहरुले भने दोष जति सबै फरार रहेका सुन जाँचकीमाथि लगाएका छन्। 

उता सिआइबीको अनुसन्धानलाई प्रभाव पार्ने गरी अनुसन्धानकै क्रममा रहेका प्रबन्धकहरु भने निर्दोष रहेको भन्दै महालक्ष्मी विकास बैंकले विज्ञप्ति नै जारी गरेको छ। बैंकले विज्ञप्तिमार्फत् भनेको छ, ‘बैंकले आन्तरिक छानबिन गरेपछि सुन जाँचकी र ऋणीको मिलेमतोमा घोटाला भएको पाइएको छ। यसमा बैंकका कर्मचारी र पूर्वकर्मचारीको संलग्नता छैन।’

बैंकको उक्त विज्ञप्ति भने प्रहरीको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने किसिमको र अनुसन्धानलाई प्रभाव पार्ने नियतले जारी भएको सिआइबीले विश्लेषण गरेको छ। ‘बैंक आफैं जाहेरीमा आउँछ, आफैं प्रबन्धक दोषी होइन भन्छ। सुन जाँचकीको मात्रै दोष हो भन्छ। को दोषी हो भन्ने बैंकले छुट्याउने होइन। हाम्रो अनुसन्धानले देखाउने हो। यसलाई हामीले हाम्रो क्षेत्राधिकारमाथि हस्तक्षेप र अनुसन्धान प्रभाव पार्न खोजेको रुपमा बुझेका छौं,’ सिआइबीका एक अधिकारीले भने।

सुन जाँचकी अझै फरार
हालसम्म सिआइबीले उक्त घोटाला प्रकरणमा बैंकका पूर्वप्रबन्धकसहित ६ जनालाई पक्राउ गरेको छ। 

खोटाङको साकेला गाउँपालिका-२ घर भई ललितपुर लगनखेल बस्ने ३२ वर्षीय पूर्ण राई, सोही ठाउँका ४० वर्षीय देवानन्द राई,  धनकुटाको साँगुरीगढी–४  घर भई ललितपुर बस्ने २५ वर्षीय सन्दिप लिम्बूलाई सिआइबीले मंसिर २६ गते पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना ऋणी हुन्। उनीहरुले सुन धितो राखेर ऋण लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी सिआइबीले दोस्रो चरणमा बैंकका तीन जना पूर्वप्रबन्धकलाई पक्राउ गरेको थियो। गौशाला बस्ने ४२ वर्षीय स्मृति राना, पोखराका ३९ वर्षीय पिंकु पालिखे र मोरङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय अनिस सिंह सिजापतिलाई पुस ५ गते सिआइबीले पक्राउ गरेको हो।

उनीहरुविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको छ। कम र कमसल सुन धितो राखेर ऋण प्रवाह भएको समयमा उनीहरु बैंकको शाखा प्रबन्धक थिए। उनीहरुको हस्ताक्षरबाट कर्जा प्रवाह भएकाले उनीहरु समेत अनुसन्धानमा तानिएका हुन्। बैंकका कर्मचारीसहित ६ जना पक्राउ परे पनि घोटाला प्रकरणका मुख्य अभियुक्त सुन जाँचकी भने अहिलेसम्म फरार छन्।

सुन जाँचकी पक्राउ पर्न नसकेकाले महालक्ष्मी विकास बैंक घोटाला प्रकरणको गुत्थी अहिलेसम्म बाहिर आउन सकेको छैन। ‘पक्राउ परेकाहरुको बयान लिने काम भइरहेको छ। तर मुख्य अभियुक्त सुन जाँचकी अहिलेसम्म फरार भएकाले अनुसन्धानमा केही समस्या देखिएको छ,’ सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले भने।

सुन जाँचकीसहित उक्त घोटाला प्रकरणमा जोडिएका ६ जना फरार छन्। उनीहरुको खोजी जारी रहेको सिआइबीले जनाएको छ।

Xtrem

Xtrem

कोभिड कारण देखाउँदै, रिहा माग गर्दै
पक्राउ परेकाहरुले दुई जना ऋणीले कोरोना भाइरस (कोभिड–१९)लाई कारण देखाउँदै हिरासतमुक्त हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन्। सर्वोच्चले समेत कोरोना भाइरसलाई कारण देखाउँदै यसअघि सकेसम्म हिरासतमा नलिई अनुसन्धान गर्न आदेश दिएको थियो। सोही कारण देखाउँदै आरोपितले रिट दायर गरेका छन्।

दुई जना ऋणीले हालेको रिटको जवाफ सिआइबीले आइतबार सर्वोच्चलाई पठाइसकेको छ। अर्का ऋणीको तर्फबाट समेत फेरि रिट दायर भएको छ। उक्त बैंक घोटाला प्रकरणमा अनुसन्धान गरिहरेका एक अधिकारी भन्छन्, ‘कसरी हुन्छ प्रहरीलाई अनुसन्धामा गर्न नदिने, अल्झिाइराख्ने प्रवृत्ति देखिन्छ। पालैपालो रिट हाल्नु र बैंकले समेत कर्मचारीको संलग्नता छैन भन्नुले यो कुरालाई पुष्टि गर्छ।’

सुन जाँचकी फेरिएपछि खुलेको थियो घोटालाको रहस्य
बैंक घोटाला प्रकरणको रहस्य सुन जाँचकी फेरिएपछि बाहिर आएको पाइएको छ। करारमा काम गर्दै आएका सुन जाँचकीको गत साउनमा म्याद सकियो। उनको करारको म्याद थप भएन। उनको ठाउँमा बैंकले नयाँ सुन जाँचकी नियुक्ति गरेको थियो। 

यो पनि पढ्नुहोस्

३ वर्षदेखि महालक्ष्मी विकास बैंकमा घोटाला, कर्मचारी फरारमंगलबार, मंसिर ३०, २०७७

आफूले कामको जिम्मेवारी लिने बेला सावाब्याज तिर्न बाँकी रहेका धितोको जाँच ती कर्मचारीले गरेका थिए। सोही क्रममा कागजमा साढे १७ किलो भनेर राखिएको सुन जम्मा ५ किलोमात्रै रहेको देखिएको थियो। 

‘कागजमा साढे १७ किलो धितो तर सुन भने जम्मा ५ किलो मात्रै भएको पाइएपछि उक्त कुरा राष्ट्र बैंक हुँदै सिआइबीमा आएको हो’ सिआइबीका एक अधिकारी भन्छन्, ‘त्यसबेला नयाँ आएका सुन जाँचकीले धितो जाँच नगरी जिम्मेवारी सम्हालेको भए ती कर्मचारीसमेत अप्ठेरोमा पर्न सक्थे।’

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्