काठमाडौं- सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मन्त्रिपरिषद्का निर्णयअनुसार भन्दै ४ करोड ९२ लाख रूपैयाँ आर्थिक सहायता बाँडेको छ। अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमार्फत् यो विवरण सार्वजनिक गरेको छ।
मन्त्रिपरिषदका निर्णयबाट सरकारले आफू निकटकालाई सहायता बाँड्ने गरेको छ। यसैअनुसार उक्त रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ।
यो अवधिमा कूल ६ अर्ब ८२ करोड रूपैयाँ रकमान्तर गरिएको पनि मन्त्रालयले जनाएको छ। यसअन्तर्गत कर्मचारी सुविधाका लागि ७ करोड ६ लाख, अदालतको आदेशअनुसार २० करोड ८६ लाख रूपैयाँ कर फिर्ता र कोभिड व्यवस्थापनका लागि ५३ करोड ४४ लाख दिइएको छ।
कोभिड खोप कोषका लागि ५० करोड दिइएको पनि अर्थ मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।