काठमाडौं- आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।
बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको बताएका हुन्।
सरकारले चालू आर्थिक वर्षको सुरुवाती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रूपैयाँले बजेटको आकार घटाउँदै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ।
चालू वर्षको सुरुमा १४ खर्ब ७४ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसलाई १३ खर्ब ५५ अर्ब रूपैयाँमा झारिएको छ।
सरकारले सुरूवाती लक्ष्यको तुलनामा ९१ प्रतिशत चालू खर्च, ८० प्रतिशत पूँजीगत खर्च र ८५ प्रतिशत वित्तीय व्यवस्थातर्फ खर्च हुने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।