काठमाडौं- सरकारी चेक भुक्तानीको समय आधा घटाइएको छ।
महालेखा नियन्त्रक कार्यालयले सम्पूर्ण कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंकमार्फत् सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्दै सरकारी निकायबाट जारी चेकको अवधि १५ दिन मात्रै हुने व्यवस्था कार्यान्वयनका लागि भनेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा सरकारी चेक भुक्तानी अवधि १५ दिनको हुने उल्लेख छ। नियमावलीको नियम १३२ को उपनियम १ मा १५ दिन कटेका चेकको भुक्तानी नहुने पनि उल्लेख छ।
यसअघि सरकारी चेक भुक्तानीको अवधि १ महिना थियो। सरकारले त्यसलाई नियमावलीमार्फत् नै आधा घटाइदिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।