काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको बढेको छ।
आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबारका लागि ९० हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो।
यता, चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो। आइतबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।