काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ।
समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डर्स एशोसिएसनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन्।
त्यसैगरी, समितिका सदस्यहरुमा महासंघको कार्यारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएसनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी रहेका छन्।
समितिका आमन्त्रितहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य संघका महासचिव बसन्त नारायण बोछिभोय,नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशिल नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुन्दर कार्की परेका छन्।
त्यस्तै समितिका सल्लाहकारहरूमा नेपाल सरकारका पूर्व सहसचिव रविशंकर सैंजु, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, यस टर्मिनल्स प्रालिका प्रबन्ध निर्देशक अशोककुमार टेमानी, एशियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र इन्टरस्टेट टर्मिनल्स प्रालिका प्रबन्ध निर्देशक आर.वि. रौनियार छन्।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासंघको निकै नै महत्वपूर्ण समिति रहेको बताए। भूपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौतीहरू रहेकाले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई अझ बढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ त्यसमा ठोस सुझाव तयार गर्न समितिलाई उनले आग्रह गरेका छन।
अध्यक्ष गोल्छाले समितिलाई मुलुकको अन्तराष्ट्रिय व्यापार सहजीकरणका इस्यूमा काम गर्न सुझाव समेत दिएका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।