काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेर ९० हजार ६ सय रूपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य समेत बढेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेको छ।
शुक्रबार १२ सय ९० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १३ सय १० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।