काठमाडौँ- गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ।
५० वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो। यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन।
ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई लक्षित गरेर रु २५ लाख लागतमा शौचालय निर्माण गरेको जानकारी दिए। 'शौचालयभित्र ह्विलचेयरसमेत जान मिल्ने गरी निर्माण गरेका छौं,' उनले भने। शौचालयभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको छ।
कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एक हजार सवारीसाधन पार्किङ गर्न मिल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।