कैलाली- कैलालीको अत्तरियामा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएको छ। अत्तरियाको सडकमा ४ वटा बख्तरबन्द गाडी देखिएका हुन्। ती गाडीलाई अत्तरियाको पूर्वी सडकमा केही समय रोकिएका थिए। नेकपाको प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालकै दिन सडकमा सेनाका गाडी देखिएपछि ससंकित भएका छन्।
स्थानीयले उक्त गाडीहरू पूर्वतर्फबाट आएर धनगढीतर्फ गएको बताएका छन्। नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो। सेनाले यसलाई नियमित अभ्यास भनेको छ।
प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको सडकमा देखिन थालेका छन्। यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा सेनाका १० बख्तरबन्द गाडी गुडाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।