• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

स्थानीय तहका यी बदनाम जनप्रतिनिधि : सुन तस्करीदेखि कोठी चलाउनेसम्म

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  १५:५४
1140x725

काठमाडौं– स्थानीय तहको पहिलो चरणको निर्वाचनको एक वर्ष पुग्दा कतिपय जनप्रतिनिधिहरु राम्रो काम गरेर लोकप्रिय भएका छन्। केही काम गर्न नसकेर अलोकप्रिय भएका छन्। 
स्थानीय तहका केही प्रतिनिधि भने अपराधकर्ममा संलग्न भएर बदनाम भएका छन्। हत्या, ठगीदेखि सुन तस्करीसम्मका अपराधमा उनीहरु मुछिएका छन्। 
अपराधमा मुछिएर बदनाम भएका जनप्रतिनिधि यस्ता छन्: 

१) राजकुमार पौडेल - सुन तस्करी

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल चुनाव जितेको ४ महिनामै फरार भए। प्रहरीले उनको तस्करीको सुन बरामद गरेपछि उनी फरार भएका थिए।  

१० करोड रुपैयाँ बराबरको सुन तस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पौडेलसहित ९ जना विरुद्ध गत असोजमा मुद्दा दायर गरेको थियो। पौडेल र न्युरोडका सुन पसले रमेश खड्कालाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएकोमा केही समय फरार भएका उनीहरु मंसिर पहिलो साता काठमाडौं जिल्ला अदालतमा उपस्थित भई १/१ लाख धरौटीमा छुटेका थिए।  

सिआइबीले गत वर्ष भदौ १४ गते १६ किलो सुनसहित सात युवकलाई पक्राउ गरेको थियो। सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा, भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका विष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री र रविन खत्री तथा धनुषाका दीपककुमार साहलाई पक्राउ गरेको थियो। उनीहरुले रसुवा नाकाबाट २१ किलो सुन तस्करी गरेका थिए, जसमध्ये प्रहरीले टोखाबाट १६ किलो बरामद गरेको थियो।    

पक्राउ परेका शेर्पा गाउँपालिका अध्यक्ष पौडेलकै गाउँले हुन्। शेर्पाले प्रहरीको बयानका क्रममा उक्त सुन पौडेल र सुन पसले खड्काको भएको बयान दिएका थिए। सोही आधारमा प्रहरीले उनीहरुमाथि मुद्दा दायर गरेको थियो। शेर्पा पक्राउ परेलगत्तै पौडेल र खड्का विदेश भागेका थिए। पक्राउ परेकामध्ये शेर्पा पुर्पक्षका लागि जेलमा छन्। 

पौडेल नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। मुद्दा दायर भए पनि कानुन नहुँदा उनको पद के हुने भन्ने टुंगो लागेको छैन। 

२) सियारामप्रसाद कुशवाह – हत्यामा जन्मकैद

Ncell 2
Ncell 2
nimb
nimb

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह कर्तव्य ज्यान मुद्दामा गत शुक्रबार मात्र जेल चलान भए।  

सिआइबीले उनलाई बिहीबार काठमाडौंमा पक्राउ परेको थियो। हिन्दु युवा संघका अध्यक्ष काशी तिवारी हत्याको घटनामा उच्च अदालत जनकपुरले गत फागुन २८ गते उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई अदालत पेश गरिएकोमा अदालतले जेल चलान गरेको हो। 

२०६७ साल असार १२ गते उनीसहितका व्यक्तिहरुले गोली हानी तिवारीको हत्या गरेका थिए। माओवादी नेता समेत रहेका उनी उच्च अदालतको फैसलापछि फरार भएका थिए। 

३) सुनबहादुर लामा– चेलीबेटी बेचबिखन, कोठी सञ्चालन

Xtrem

Xtrem

जनप्रतिनिधिमध्ये सबैभन्दा बदनाम नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ हुन्। उनले गाउँका चेलीहरुलाई भारतमा पुर्यािएर वेश्यावृत्तिमा लगाउँदै आएको प्रहरी अनुसन्धानबाट खुल्यो। 

गत वर्ष पुस ७ गते उनलाई सिआइबीले पक्राउ गरेको थियो। पुरानो मुद्दामा उनको बुबाको नाम र ठेगाना नमिलेको भन्दै बैसाख ६ गते सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो। त्यो मुद्दामा छुटे लगत्तै उनलाई पक्राउ गरी सिआइबीले अर्को मुद्दामा जेल चलान गरेको छ। 

नुवाकोट जिल्ला अदालतको फैसला अनुसार उनलाई २ वटा मुद्दामा ३७ वर्ष कैद सजाय भएको छ। उनी विरुद्ध अर्को मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। लामा हाल केन्द्रीय कारागारमा छन्।  

लामा विगत २५ वर्षदेखि युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ। भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्। नुवाकोटबाट मात्र उनले २ सयभन्दा धेरै चेलीलाई कोठीमा पुर्‍याएको प्रहरीको अनुमान छ।

४) उषा चौधरी - प्रहरी कार्यालयमै आगजनी

जनतालाई कानुन पालनाका लागि प्रोत्साहित गर्ने जिम्मेवारी बोकेकी पर्साकी एक गाउँपालिका उपाध्यक्ष सुरक्षा निकायमाथि नै आक्रमण गरेर गत साता बदनाम भइन्। जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा गत बैसाख २४ गते प्रहरी कार्यालय सेढवामा तोडफोड र आगजनी भएको थियो। जुन घटनामा चौधरी विरुद्ध समेत प्रहरीले सार्वजनिक अपराध मुद्दा अघि बढाएको छ। 

उपाध्यक्ष चौधरीलाई पनि पक्राउ गरिएकोमा उनलाई छाडेर अरुलाई हिरासतमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार उपाध्यक्ष चौधरीलाई हिरासतमुक्त गरी मुद्दा प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बूले बताए। 

एउटै मोटरसाइकल चढेका चार जना भारतीयलाई पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीमाथि नै दुर्व्यवहार गरेका थिए। पक्राउ गरेर चौकीमा लगेपछि उपाध्यक्ष चौधरीसहितको टोलीले छाड्न दबाव दिएको थियो। छाड्न नमानेपछि उनीहरुले कार्यालय र प्रहरीको सवारीसाधन तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो। 

चौकी आक्रमणमा परी ५ प्रहरी घाइते भएका थिए। गाउँपालिकाका उपाध्यक्ष नै त्यसरी प्रहरी चौकी आक्रमणमा उत्रिएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन्।

५) भरतप्रसाद भट्टराई - वैदेशिक रोजगारमा ठगी

लमजुङका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परी जेल चलान भएका छन्।  लमजुङको दूधपोखरी गाउँपालिका–१, का वडा सदस्य भरतप्रसाद भट्टराईलाई बैसाख १२ गते प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार जिल्ला अदालतले उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयन नगरी उनी फरार थिए। 

६) झकबहादुर कुमाल - बलात्कार आरोप

तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ। जंगलमा लगेर बलात्कार गरेको भन्दै उनी विरुद्ध महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँले उनीमाथि छानबिन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्