काठमाडौं- सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गरेकाे छ। प्रतिनिधि सभा विघटन गरेर काम चलाउ भएकाे केपी ओली सरकारले यसरी हरेक जिल्लामा जिल्ला अध्यक्ष ताेकेकाे हाे।
५ दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला समिति गठन गर्ने निर्णय गरेकाे हाे। याे आयाेगले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने लक्ष्य लिएकाे छ।
‘नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को दफा ८ को उपदफा (१) बमोजिमको जिल्ला समितिमा सोही उपदफाको खण्ड क बमोजिम अध्यक्ष र खण्ड ख बमोजिम सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ‚’ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।