काठमाडौं– जेठ १८ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ।
प्रवेश पौडेलले निर्देशन गरेको फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टि कार्की, रमा थपलिया लगायतको अभिनय छ।
फिल्मको ट्रेलरमा अमेरिकाको सपना बोकेका ३ युवाकाे खाडीमुलुक यात्रासहितकाे कमेडी दृश्य दख्न सकिन्छ।
विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको फिल्ममा दीपक आरजे र जयन जे वाइवाको संगीत छ। सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
भिडियाे-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।