काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर छ। तर, चाँदीको मूल्य भने बढेको छ।
बिहीबार नेपाली बजारमा ९२ हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि ९२ हजार रूपैयाँ नै तोकिएको छ।
यता चाँदीको मूल्य भने शुक्रबार एकै दिन ४० रूपैयाँ बढेको हो। बिहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १२ सय ८५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।