काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकले महासंघका पूर्व अध्यक्षहरूले नयाँ जिम्मेवारी दिएको छ।
महासंघलाई हालको अवस्थासम्म ल्याइन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गरी वर्तमान कार्यकारिणी समितिले पूर्वअध्यक्षहरूलाई नयाँ जिम्मेवारी दिएको हो।
महासंघले निवर्तमान अध्यक्ष राणलाई सदस्यता समिति र नेपाल-भारत संयुक्त बिजनेस फोरमको जिम्मेवारी दिएको छ।
यसैगरी महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्य ज्योतिलाई व्यावसायिक आचार संहिता फोरम र रविभक्त श्रेष्ठलाई अनुशासन समितिको जिम्मेवारी दिएको महासंघले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।