काठमाडौं- सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँ कायम भएको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको हो।
बुधबार नेपाली बजारमा छापावाल सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले घटेको छ।
बुधबार १२ सय ५० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबारका लागि १२ सय ४५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।