झापा– मेचीनगरस्थित बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा एक २६ वर्षिया युवती पक्राउ परेकी छिन्।
मेचीनगर–८ निवासी स्मृति रिजाललाई सूर्योदय यातायात प्रालिको ग्यारेजमा बिष्फोटको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
युवती नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीकी कार्यकर्ता हुन्। सो पार्टीले आइतबार मोदीको नेपाल भ्रमणको विरोधमा बन्द गराएको थियो। सोही क्रममा उनले बिस्फोट गराएको प्रहरीको भनाई छ।
विस्फोटबाट सूर्योदय यातायातको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको छ।
विप्लवका कार्यकर्ताहरुले आइतबार विभिन्न जिल्लामा तोडफोड गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।