एजेन्सी(मुम्बई) – बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला २ विषयलाई लिएर चर्चामा छिन्। उनको मुख्य अभिनय रहेको फिल्म 'राजी' प्रदर्शन भइरहेकाे छ।
फिल्ममा आलियाको अभिनयलाई दर्शकले रुचाएका छन् भने अर्कातिर रणवीर कपुरसँगको सम्बन्धले पनि आलियाको चर्चा बढ्दो छ।
यो जोडी छिटै नयाँ फिल्म 'ब्रह्मास्त्र'मा पनि एकसाथ देखिँदै छन्। 'ब्रह्मास्त्र'को सुटिङमा गएपछि आलिया र रणवीरबीच सम्बन्ध प्रगाढ बन्दै गएको सूत्र बताउँछ।
दुईबीचको सम्बन्धबारे बढेको चर्चाबारे आलियाले भनेकी छन्, ‘रणवीरकाे अभिनयकाे म ठूलो फ्यान भएकाले सम्बन्ध नजिकिएको हो।’
केही समय अघि आलियाले रणवीरसँग विवाह गर्न चाहेको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।