काठमाडौं- मूल्य अभिवृद्धि करको नक्कली बिल बिजक प्रयोग गर्ने १० अभियुक्त र ७ मतियारविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले उनीहरू विरुद्ध १ अर्ब ४ करोड २४ लाख रूपैयाँ बिगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागले प्रोकरस इन्टरनेशनल, आरकेएस इन्टरनेशनल, अनन्या इन्टरनेशनल, इन्टरसिटी इन्टरनेशनल, ब्लुक्रस ट्रेडर्स, जेन सप्लायर्स, राज एण्ड किशोर इन्टरनेशनल र
स्विफ्ट इन्टरनेसनल नामक फर्मका खाता सञ्चालन गरी राजस्व छलेको जनाएको छ। यी सबै फर्मबाट सरोजकुमार मिश्र तथा जय किशोर साह र परमेश्वर साहले कारोबार गर्ने गरेको विभागको भनाइ छ।
उनीहरूको कारोबारको नक्कली कारोबार एवं लेखा परीक्षण प्रतिवेदन तयार गरी सहयोग गर्ने गंगाप्रसाद भट्टराई, रमेश घिमिरे, तोयनाथ अधिकारी, सुरेन्द्रकुमार इङनाम, टंक राउत, दीपक निरौला र दीपककुमार कोइरालालाई मतियार बनाई मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।