काठमाडौं- नेपालमा कोरोना भाइरस विरुद्धको खोप शुरू भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान गर्न लागेकोमा हर्षित भएको बताएकी छिन्।
कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको बताएकी छिन्। उनले कोभिड महामारीमा अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने परिवार र समुदायप्रति पनि उनले आभार व्यक्त गरेकी छिन्।
उनले खोप लगाएपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी कायम गरी हातको सरसफाइ गर्न समेत अनुरोध गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।