काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नागरिक अभिनन्दन दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन उपलब्धिपूर्ण भएको बताएका छन्। मोदीलाई नागरिक अभिनन्दन गरिएकोमा आलोचना भएपछि उनले भ्रमणको औचित्यबारे प्रष्ट पारेका हुन्।
विगतमा दुई देशबीचको सम्बन्ध बिग्रिएकोमा अहिले समानताको आधारमा सुसम्बन्ध सुरु भएको उनले बताए। उत्तर कोरिया र दक्षिण कोरियाजस्ता शत्रुतापूर्ण सम्बन्ध रहेका देशहरुले समेत वार्तामार्फत सम्बन्ध सुधार गरेको उदारण दिदै उनले भने,‘के हामी चाही भारतसँग सधैं तनावपूर्ण सम्बन्ध राखिरहने हो ?’
मोदीको भ्रमणबाट दुई देशबीचको चिसोपन हटेको ओलीले बताए। बिग्रिएको सम्बन्धलाई सुधार गरेर नयाँ उचाईमा पुगेको ओलीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।