काठमाडौं- सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रूपैयाँ कायम भएको छ।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने तोलामा ५ रूपैयाँ घटेको छ।
सोमबार १२ सय ६० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ५५ रूपैयाँ कायम भएको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।