काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा ३ लाख व्यक्ति तथा संस्थानले स्थायी लेखा नम्बर (प्यान) लिएका छन्। अर्थ मन्त्रालयका अनुसार यो संख्या गत वर्षको यही अवधिको तुलनामा ६५.६ प्रतिशतले कम हो।
गत आर्थिक वर्षबाट सबैका लागि प्यान (प्यान फर अल) कार्यक्रम अनिवार्यरूपमा लागू गरिएको थियो। प्यान विना भएको भुक्तानीलाई खर्च गणना गर्न करले अस्वीकार गरेका कारण गत वर्ष धेरैले प्यान लिएका थिए।
पाँच महिना अवधिमा १ लाखले व्यावसायिक प्यान लिएका छन्। यो संख्या गत वर्षको समान अवधिको तुलनामा २४.९ प्रतिशतले थोरै हो। व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७२.९ प्रतिशतले घटेको छ। चालु वर्षको पहिलो ५ महिनामा २ लाख २ हजारले व्यक्तिगत प्यान लिएका छन्।
मूल्य अभिवृद्धि कर र अन्तशुल्क दर्ता पनि घटेको छ। मूल्य अभिवृद्धि करतर्फ ५ महिनामा ५० प्रतिशतले घटेको छ। अन्तशुल्क दर्ता ३५.४ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।