काठमाडौं-साताको पहिलो दिन सुनको मूल्यमा समान्य गिरावट आएको छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ।
यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि १२ सय ६० रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।