काठमाडौं- भन्सार विभाग र नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइबीच सूचना आदान-प्रदानको समझदारी भएको छ। भन्सार विभागका महानिर्देशक सुमन दाहाल र इकाइ प्रमुख दीर्घ रावलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
भन्सार विभागले सोधपुछ, जफत र सजाय गरिएको मुद्राको विवरण कार्यालयलाई पठाउने समझारीमा उल्लेख छ। भन्सार विभागअन्तर्गतका कार्यालयले अनुसन्धानका लागि विवरण माग गरेमा वित्तीय जानकारी इकाइले जानकारी पठाउने पनि समझदारीमा उल्लेख छ।
भन्सार विभाग र इकाइबीच सूचना आदानप्रदानका लागि समन्वय समिति गठन गर्ने पनि समझदारीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।