काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करोड ९६ लाख रूपैयाँको चुइङगम आयात भएको छ। नेपालमा बंगलादेश, हङकङ, भारत, इजरायल, जापान, टर्की, युएई, बेलायत र अमेरिकाबाट यो परिमाणको चुइङगम आयात भएको भन्सार विभागले जनाएको छ।
यो अवधिमा १० लाख ६१ हजार ८५८ किलोग्राम चुइङ्गम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
नेपालबाट चुइङगम निर्यात भने हुँदैन। नेपालमा उत्पादित जर्दा, पानजस्ता चपाउने पदार्थ निर्यात भए पनि चुइङ्गम भने आयात हुने गरेको छ।
चुइङ्गम आयातबाट ६ महिनामा सरकारले २ करोड ३९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।