काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ।
सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो। सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारका लागि १२ सय ४५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।